जान्नुहोस्– कता फर्केर सुत्दा कस्तो मनोवैज्ञानिक र शारीरिक असर !

काठमाडौं । मानिस जैविक प्राणि भएकाले उसलाई अन्य जनावरहरुलाई जस्तै आरामको खाँचो हुन्छ । उमेरगत विशेषताअनुसार चिकित्सकहरुले भिन्न उमेर समूहका मानिसले दैनिक सुत्नुपर्ने समय अवधि पनि फरक–फरक तोकेका छन् । आज हामी कता फर्कर सुत्दा मानिसमा कस्तो मनोवैज्ञानिक र शारीरिक असर पर्छ ? यसबारे चर्चा गर्नेर्छौं : दायाँ र वायाँ फर्केर सुत्दा तपाईं छेउ वा भित्तातिर फर्किएर सुत्नु हुन्छ भने ढाडमा त्यति जोड पर्दैन । वायाँ फर्केर सुत्दा मुटुको जलनलाई घटाउँछ । तसर्थ यो पोजिसनमा सुत्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, दायाँ फर्केर सुत्दा भने मुटुको जलन बढाउँछ । जर्नल अफ क्लिनिकल ग्यास्ट्रोनेस्ट्रोलोजीको अध्ययन अनुसार स्वस्थ वयस्कलाई धेरै चिल्लोयुक्त खानेकुरा खान लगाई एकातिरमात्र फर्किएर सुत्न लगाइएको थियो । दायाँ फर्केर सुत्ने वयस्कहरुको शरिरमा एसिडको मात्रा उच्च देखिएको थियो । अमेरिकन जर्नल अफ ग्यास्टोनेट्रोलोजीको अध्ययनमा पनि यस्तै निस्कर्ष देखिएको थियो। गर्भवती महिला पनि देब्रे फर्किएर सुत्दा रगतको प्रवाह निकै राम्रो हुन्छ । उत्तानो परेर सुत्दा यदि तपार्ईं यो पोजिसनमा सुत्नुहुन्छ भने तपाईको शरिरको तौल सन्तुलित हुन्छ । तपाईंमा ढाड र घाँटीको खासै समस्या हुँदैन। घुँडामुनि सिरानी राख्नु भयो भने तपाईको पछाडिको भाग अझ सिधा र स्वस्थ हुन्छ । यदि तपाई घुर्नुहुन्छ भने तपाईं यो पोजिसनमा सुत्न सक्नुहुन्छ । घोप्टो परेर सुत्दा घोप्टो परेर सुत्दा तपाईलाई आनन्द त मिल्ला तर यो पोजिसनले ढाड र घाँटीलाई समस्यामा पार्न सक्छ । यो पोजिसनमा सुतेर रातभरी घाँटी र टाउको फर्काएर सुत्न सक्नुहुन्छ तर घाँटी र ढाडमा भने पीडा हुन्छ । तसर्थ बेडमा सुत्न जानुभन्दा अगाडि कुन पोजिसनमा सुत्ने भनेर सोच्नुहोस् एउटाको ढाडातर्फ फर्केर अर्को सुत्ने यो सुताई अन्तर्गत जोडी एउटै दिशतार्फ फर्किएको हुन्छ तर एकजना अर्कोको ढाडतर्फ फर्केका हुन्छन् । यो पोजिसनले जोडी गतिशिल छ भन्ने दर्शाउँछ । एक अर्कामा विश्वास र समझधारीको संकेत गर्ने यो पोजिसन सबैभन्दा उपर्युक्त मानिन्छ । त्यसो त यौनका दृष्टिले अतृप्त पार्टनर यो पोजिसनमा सुत्ने सेक्स विज्ञ ट्रेसी कोक्स बताउँछन् । ढाड फर्काएर सुत्ने यो पोजिसनमा दुई जना विपरित दिशातर्फ फर्किएर सुत्ने गर्छन् । एकले अर्काको ढाड छोएको हुन्छ । दुई ध्रुबमा फर्केर सुतेजस्तो देखिए पनि यो पोजिसनमा सुत्ने जोडी एक अर्काप्रति प्रेमभाव राख्ने विज्ञहरु बताउँछन् । यसले सुमधुर सम्बन्ध र निकटतालाई संकेत गर्छ । ठाउँ छोडेर सुत्ने दुबै जोडी एक अर्कासँग अलिक अलग्एिर जस्तो यस्तो पोजिसन पनि खासै नराम्रो नहुने विज्ञहरु बताउँछन् । यो सुताइ पोजिसनले जोडीहरु एक आपसमा विश्वास र सुरक्षित भएको संकेत गर्छ । त्यसले स्वतन्त्रताको पनि संकेत गर्ने गरेको पाइन्छ । सम्बन्धमा दुबै जना निकट र स्वतन्त्र महसुस गर्छन् । एक अध्ययन अनुसार २७ प्रतिशत बेलायती यो पोजिसन मन पराउँछन् । एजेन्सीहरुको सहयोगमा
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया