निद्रा नलाग्ने समस्याले ग्रसित हुनुन्छ ? अपनाउनुस् यी ७ उपाय

काठमाडौं । हिजोआज मानिसहरुमा आधुनिक जीवनशैली व्याप्त छ । नेपालको प्रचीन जीवनशैली हिजोआज अत्याधुनिक प्रविधिको प्रयोगका कारण यहींका मानिसहरुले अपनाउन नसक्ने बाध्यता छ । झन् प्रवासमा रहेर रातको समयमा पनि ‘ओभर टाइम’ गर्ने वर्गमा यो समस्या झन् बिकराल देखिने चिकित्सकहरु बताउँछन् । मनोचिकित्सक र फिजिसियनहरुका अनुसार सुत्ने, उठ्ने, खानेजस्ता मानिसको दैनिक कार्यव्यवहारको समय ठिकसँग मिलेन भने हामीमा अनिद्राको समस्या हुन्छ । चिकित्सकहरुका अनुसार हिजोआज धेरै मानिसमा यस्तो समस्या देखिने गरेको छ । त्यसोभए कसरी समाधान गर्ने त निद्रा नलाग्ने समस्याको समाधान ? हेर्नुस् यस्त छन् अनिद्राको समस्याबाट छुटकारा पाउने उपायहरु : १- रातिको खानापछि केही समय टहल्ने, हिँड्ने। २- राति सुत्नुअघि चिसो पानीले अनुहार, हात, गोडा धोएर तेलले हल्का मालिस गर्ने। ३- टाउकोमा, कानको वरिपरि तेलले मालिस गर्ने। ४- सकेसम्म रातको १० बजे सम्ममा सुत्ने कोसिस गर्ने। ५- सुत्नुअघि मोबाइल, कम्प्युटरको प्रयोग नगर्ने। ६- सकारात्मक सोचको विकास गर्ने। ७- सुत्नुअघि दिनभरि आफूले गरेका राम्रा कामहरु सम्झने र भोलिको सुन्दर दिनको लागि आभार प्रकट गर्ने। एजेन्सीहरुको सहयोगमा
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया