NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

कस्तो छ आगामी तीन दिनको मौसम ?

पछिल्लाे पटक स्थानीय वायुसँगै पश्चिमी वायुका कारण पहाडी भुभागमा हल्का वर्षा हुने गरेकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ। साथै पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ। राति कर्णाली, गण्डकी र प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ। मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ । राती: देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन,चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार दिउँसो : देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ। राती : देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

ताजा अपडेट

नेपालवाच विशेष