NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

लमजुङका भूकम्पपीडितलाई पाल, त्रिपाल र आर्थिक सहयोग

काठमाडौं । बुधबार र बिहीबारको भूकम्पको धक्काबाट घर भत्किएका बासिन्दालाई जिल्ला प्रशासन कार्यालयले पाल, त्रिपाल र आर्थिक सहयोग गरेको छ । बेंंशीसहर नगरपालिका वडा नम्बर ११ चिती र दोर्दी गाउँपालिका वडा नम्बर ८ बन्सारका बासिन्दालाई उक्त सहयोग गरिएको हो । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण लमजुङका प्रमुख सूर्यप्रसाद शर्मालगायतको टोलीले अनुगमन गर्दै भूकम्पपीडितलाई उक्त सामग्री हस्तान्तरण गरेको छ । मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुलभुले केन्द्रविन्दु बनाई बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । सोयता पटक पटक गएको भूकम्पको धक्काले जिल्लाका २ सय ८ घरमा क्षति पुगेको जिप्रकाले जनाएको छ । घटनामा ६ जना घाइते भएका छन् । हालसम्म पनि पटकपटक भूकम्पको धक्का जारी छ ।

ताजा अपडेट

नेपालवाच विशेष