सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर रामेछापमा एकजना घाईते

पुष्कर खड्का (रामेछाप)– रामेछाप जिल्लाको रामेछाप नगरपालिका रामपुरमा माटोको ढिस्कोले पुरिएर एक जना घाईते भएका छन । घाइते हुनेमा रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वर्ष ५५ का खड्ग नेपाली भएको प्रहरी चौकी रामेछाप डाँडाले जानकारी दिएको छ । प्रहरी चौकी रामेछाप डाँडाले दिएको जानकारी अनुसार सडक खन्ने क्रममा माटोको ढिस्को झरेर पुरिँदा खड्ग नेपाली घाईते भएको हुन् । अहिले खड्ग नेपालीको अवस्था सामान्य रहेको र उनलाई उद्धार गरी जिल्ला अस्पताल रामेछाप ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया