कुवेतमा एक नेपाली युवाले गरे आत्महत्या

काठमाडौं । रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । सिराहाका रमेश मण्डलले आत्महत्या गरेमा हुन् । अल जाहारा क्लिनिङ कम्पनीमा कार्यरत मण्डलले आफनै आवासमा झुन्डिएर आत्महत्या गरेका हुन् । नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार राहदानी नम्बर ११४९३२१ का मण्डल दुई वर्षअघि मात्र कुवेत पुगेका हुन् । मृतकको परिवार तथा कम्पनीसँग समन्वय गरी शव पठाउन प्रकृया सुरु गरिएको सिलवालले बताए ।
प्रतिक्रिया