NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

रहेनन् डा. दुमनसिंह थापा

काठमाडौं । सभासद् तथा नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनिसिंह थापाको निधन भएको छ ।

राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

थापा मिर्गौला रोगबाट पीडित थिए । केही समयअघि मात्रै उनको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो ।

थापा पहिलो संविधानसभा निर्वाचनमा अर्घाखाँचीबाट विजयी भएका थिए । एमालेमा लामो समय आबद्ध उनले विभाजनसँगै माधवकुमार नेपाल समूह राेजेका थिए ।  एकीकृत समाजवादीमा उनको भूमिका केन्द्रीय निर्वाचन आयोग सदस्यको थियो ।

थापा मेगा बैंकका संस्थापक तथा पूर्व सञ्चालक हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष