NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

बालेनले लिए हजारभन्दा बढीको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले एक हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।

सुरुवाती गणनादेखि नै अग्रता लिएका बालेनले दोस्रो स्थानका एमालेका उम्मेदवार केशव स्थापितभन्दा एक हजार ३० बढी मत ल्याएका छन् ।

हालसम्म बालेनले २४५७ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका स्थापितले १४२७ मत ल्याएका छन् ।

यस्तै, नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ११६८, राप्रपाका मदनदास श्रेष्ठ र स्वतन्त्र उम्मेदवार सुमन सायमीको समान १६५ मत छ ।