अघिल्लोपटक कांग्रेसले जितेको गोरखा नगरपालिका माओवादीको पोल्टामा

काठमाडौं । अघिल्लोपटक नेपाली कांग्रेस विजयी भएको गोरखाको गोरखा नगरपालिकामा माओवादी केन्द्र निर्वाचित भएको छ ।
यो नगरपालिकाको मेयरमा माओवादीबाट कृष्ण राना, नेपाली कांग्रेसबाट राजनराज पन्त र एमालेबाट सम्झना देवकोटाले उम्मेदवारी दिएका थिए । जसमा रानाले ८९६४ मतका साथ जित निकालेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पन्त ७१०८ मतमा स्तब्ध बने ।
एमालेकी सम्झना देवकोटाले ४९०९ मत प्राप्त गरिन् ।
उपमेयरमा भने नेपाली कांग्रेसले जित निकालेको छ । जनता समाजवादीका नारायण खत्रीलाई परास्त गर्दै कांग्रेसकी मसलीमाया थोकर पुन विजयी भएकी हुन् ।
मसलीले ७४५३ र खत्रीले ६७१८ मत हासिल गरेका छन् । एमालेका देवीबहादुर बस्नेतले ४९३४ मत पाए ।
योसँगै यसअघि कांग्रेसले जितेको गोरखाको दुवै नगरपालिका माओवादी पोल्टामा परेको छ ।
प्रतिक्रिया