वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता कायमै

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३९३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।
नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगी नौ हजार ५०४ मतसहित उनीसँग प्रतिस्पर्थामा छन् ।
महानगरपालिकामा हालसम्म वडा नं. १, २, ३, ४, ५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ ।
कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाको मत परिमाण आउन बाँकी छ ।
पर्सामा कूल १४ पालिका छन् ।
प्रतिक्रिया