NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

केशव स्थापितले घटाए बालेनसँगको मतान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाको रोचक प्रतिस्पर्धामा मेयरका स्वतन्त्र उम्मेदवार बालेनसँग फराकिलो मतसहित पछि परेका केशव स्थापितले पछिल्लो गणनामा मतान्तर घटाउँदै लगेका छन् ।

यसअघि सार्वजनिक मत परिणाममा स्थापित बालेनभन्दा दोब्बर मतान्तरले पछि परेका थिए । तर पछिल्लो गणनामा स्थापितले उक्त अन्तर घटाएका छन् । बालेनले २६ हजार ८३८ मतका साथ लिड गरिरहँदा स्थापितले १४ हजार २७७ मत हासिल गरेका छन् । दुईबीचको मतान्तर १२५६१ छ ।

तेस्रो स्थानमा रहेकी सिर्जना सिंहको पक्षमा १३६७३ मत परेको छ ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोल प्रतिस्पर्धीभन्दा निकै अगाडि छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष