काठमाडौं महानगर अपडेट : कसले कति ल्याए ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको फराकिलो अग्रता कायम छ । तर उनका नजिकका दुई प्रतिस्पर्धी एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहले मतान्तर थोरै घटाएका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार, बालेनले हासिल गरेको मतसंख्या २७ हजार ९६७ पुगेको छ । उनलाई पछ्यारहेका केशव स्थापितले १४७८२ र सिर्जना सिंहले १४४३९ प्राप्त गरेका छन् ।
यसबाट सिर्जना सिंहको अवस्थामा थोरै सुधार भएको देखाउँछ ।
प्रतिक्रिया