नेपाली बोल्ने रोबर्ट बनाएका जुम्ल्याहा दाजुभाइले बनाए आफै चिया बेच्ने मेसिन

गुल्मी । नेपालमै पहिलो पटक आफै चिया बेच्ने मेसिन बनेको छ। गुल्मीका १८ वर्षिय जुम्ल्याहा दाजुभाई लभकुस पन्थीले उक्त मेसिन बनाएका हुन्।
लभकुसले बनाएको उक्त मेसिनको नाम ‘टि स्क्यान’ राखिएको छ। टि स्क्यानले मानविय सहायता बिना नै चिया बनाएर दिन्छ। टि स्क्यानको माथिल्लोपट्टि क्युआर कोड राखिएको छ। ग्राहकले स्क्यान गरेर पैसा तिरेको केही मिनेटमा नै कप नभरिनसम्म चिया आफै झर्छ ।
विषेशगरी व्यक्तिहरुले थरमसमा राखेर चिया बेच्न हिडिरहेको देखेपछि मेसिन बनाउन प्रेरित भएको उनीहरुको भनाई छ। ‘काठमाडौँमा बस्ने क्रममा बसपार्क, एयरपोर्ट तथा अन्य मेलाहरुमा थरमसमा राखेर चिया बेच्ने गरेको देखेका थियौं।’ उनीहरुले भने, ‘त्यसपछि मेसिन बनाउने सोच आएको हो।’ मेसिनमा १ पटकमा पाँच लिटरसम्म चिया राख्न सकिने छ। एकपटक मेसिनमा पानी, दुद्य, चिनी, चियापत्ति राखेपछि सबै काम मेसिनले आफै गर्ने छ। जसले गर्दा कुनै चिया व्यापारिले थर्मसमा बोकेर हिड्नु नपर्ने उनीहरु बताउँछन्। साथै चिया व्यापार गर्नकै लागि सटर खोलेर महँगो भाडा तिर्नु नपर्ने र पसल कुर्ने समय अर्को काम गर्न सकिने पन्थी दाजुभाइको भनाई छ। एक पटक पाकेको चिया कम्तिमा सात घण्टासम्म सोही तापक्रममा रहेने उनीहरुको दाबी छ।
साथै विद्यार्थीहरुले पनि यसको राम्रो सदुपयोग गर्न सकिने बताउँछन् पन्थी दाजुभाई । कलेज पढ्ने विद्यार्थीले कलेजकै छेउछाउँमा प्रयोगमा ल्याउन सकेपनि पढाई र व्यापार एकैसाथ गर्न सकिने उनीहरु बताउँछन्। यो मेसिन इलेक्ट्रीक भएको हुँदा एलपिग्याँसको महंगीबाट बच्न सकिन्छ भने सरकारको विद्युत खपत गर्ने नीतिलाई पनि सघाउँछ।
गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नं ७ मा घर भई हाल बुटवल बस्दै आयेका जुम्ल्याहा दाजुभाइ लवकुसले विगतमा धेरै रोबोट बनाइसकेका छन्। उनीहरुले नेपालकै पहिलो नेपाली भाषा बोल्ने रोबोट, कोरोनाको समयमा आइसोलेशन वार्डमा प्रयोग गर्न सकिने नर्स रोबर्ट बनाएका थिए। यसबाट उनीहरु पुरस्कृत समेत भएका थिए।
मध्यम वर्गिय परिवारका दाजुभाई आर्थिक रुपमा त्यत्ति सबल छैनन् । जसले गर्दा रोबर्टकै उत्पादनलाई व्यापक व्यावसायीक तवरबाट अगाडी बढाउन सकेका छैनन्। ‘साथ सहयोग खासै कतैबाट छैन त्यसैले जति उत्पादन गरियो त्यत्तिमै सिमितता रहको छ।’ उनले भने, ‘राष्ट्रले आवश्यकता ठान्ने र आविष्कारको लागि सहयोग मिल्ने हो भने रोबर्टलाई नै निरन्तरता दिन सकिन्छ।’
चिया बेच्ने मेसिनले भने बजार पाउने उनीहरुको अपेक्षा छ। सस्तो र उपयोगी हुने हुँदा यसले व्यावसायीक रुप लिउने दुई दाजुभाई ढुक्क देखिन्छन् । मेसिनको मुल्य २९ हजार ९९९ रुपैयाँ राखिएको छ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया