भारतकी नवनिर्वाचित राष्ट्रपतिले लिइन् शपथ

नयाँ दिल्ली । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपती मुर्मुले सोमबार पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित भएकी ६४ वर्षीया मुर्मुलाई प्रधानन्यायाधीश एन. भी. रमनले शपथ गराएका हुन् । भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्मा शपथ खुवाउने व्यवस्था छ ।
नवनिर्वाचित राष्ट्रपति मुर्मुका विरुद्धमा विपक्षी दलहरूले यसबन्त सिंहलाई उम्मेदवार बनाएका थिए । नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द पनि संसद् भवनमा उपस्थित थिए ।
भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका लागि निर्वाचन भएको थियो भने उपराष्ट्रपति चयनका लागि आगामी अगस्ट ६ मा निर्वाचन हुने तय भएको छ ।
वर्तमान उपराष्ट्रपति वेङ्कैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति चयनका लागि यसअघि सन् २०१७ मा निर्वाचन भएको थियो ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
Headline mistake please correct The sentence thank you.