अब इन्स्टाग्रामसँगै फेसबुकमा पोस्ट् गर्न सकिनेछ रिल्स

फोटो-भिडियो सेयरिङ प्लेटफर्म इन्स्टाग्राममाथि टिकटकका फिचर नक्कल गरेको आरोप लागेकाे थियाे । यस्ताे आरोप खेपेसँगै इन्स्टाग्राम पछि हटेकाे छ । तर उसले आफ्नो इन्स्टाग्राम रिल्समा अर्को नयाँ फिचर अपडेट गरेको छ। यस फिचरकाे सहायताले प्रयोगकर्ताहरूले आफ्नो इन्स्टाग्राम रिलहरू सिधै फेसबुकमा पोस्ट् गर्न सक्छन्।
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले ट्वीट गर्दै प्रयोगकर्ताहरूको मनोरन्जनलाई ध्यानमा राख्दै इन्स्टाग्राम रिल्सहरूमा नयाँ रिल अपडेट गर्न लागिएकाे जनाएका छन् । त्यसैगरी नयाँ रिल टेम्प्लेट, रिल रिमिक्स र रिल भिडियो मर्ज जस्ता नयाँ रिल सुविधाहरू पनि छन् ।
कसरी प्रयोग गर्ने ?
सबैभन्दा पहिले आफ्नो इन्स्टाग्राम एप खोल्नु पर्छ। यसपछि रिल्स यसमा रेकर्ड गर्नुपर्छ।
रिल्स रेकर्डपछि अर्को विकल्पमा ट्याप गर्नुपर्नेछ र शेयर टू फेसबुक अप्सनबाट आफ्नो फेसबुक खाता चयन गर्नुपर्छ ।
यदि फेसबुकमा इन्स्टाग्राम रिल्स स्वचालित रूपमा सेयर गर्न चाहनुहुन्छ भने आफ्नो इन्स्टाग्राम प्रोफाइलमा जानुपर्छ र अदर्स अप्सनमा ट्याप गर्नुपर्छ। त्यसपछि सेटिङबाट एकाउण्ट अप्सनमा जानुपर्छ।
यहाँबाट अन्य एपहरूमा सेयरिङमा ट्याप गर्न सकिन्छ र यहाँबाट फेसबुक एकाउण्टमा थप्न सकिन्छ। त्यसपछि आफ्नो फेसबुक एकाउन्टमा इन्स्टाग्रामसँगै एक साथ रिल्स पोस्ट गर्न सकिन्छ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया