NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते
पोलिसी डाइलग

ओलाङ्चुङगोलादेखि चाँदनी दोधारासम्म ‘स्टार्टअप’ फस्टाउने वातावरण बनाउनुपर्छ

स्टार्टअपका सफलताका कथा मात्रै लेखेर ‘ग्लामराइज’ बनाइयो

सुरुवात स्टार्टअप के हो भन्नेबाटै गरौं । यो शब्द प्रचलनमा आएको उति धेरै भएको छैन । उद्यमशीलताको संसारमा ‘स्टार्टअप म्यानेजमेन्ट’ अहिलेसम्मकै कान्छो शब्द हो । उद्यमशीलतासँग सम्बन्धित अवधारणा, अध्ययन र सिद्धान्तहरू खोतल्ने हो भने त्यहाँ पनि स्टार्टअप म्यानेजमेन्टको परिपक्व अवधारणा पाउन मुस्किल छ । अर्थात्, यसबारे अझ धेरै बहस, अध्ययन र अनुसन्धान हुनुपर्ने खाँचो छ ।

सन् १९९८ र २००० मा जब इन्टरनेटको ‘बबल ब्रस्ट’ भयो, त्यसपछि सिलिकन भ्यालीमा युवाहरूले विभिन्न किसिमका नयाँ प्रवर्तनमुखी अवधारणाहरू जन्माउन थाले । अनि बल्ल स्टार्टअप भन्ने शब्दको प्रयोग हुन थाल्यो । तर सबै व्यवसाय स्टार्टअप होइनन् । नयाँ हुँदैमा पनि स्टार्टअप हुँदैन ।नयाँ हुनु र नवीन हुनु फरक कुराहरु हुन् ।

उदाहरणका लागि तपाईंलाई सेल (रोटी) बनाउन आउँदैन । तर तपाईं पहिलोपटक बनाएर बेच्दै हुनुहुन्छ भने यो नयाँ व्यवसाय हो । यसमा आफ्नै किसिमका चुनौती छन् । किनभने, तपाईंले योभन्दा पहिला सेल बनाउनु भएकै छैन । तपाईंले नबनाए पनि अरूले भने सेल बनाएका छन् । त्यसैले बनाइसकेको ठाउँमा गएर यसका विधि, प्रक्रियाबारे सिक्न सकिन्छ । सेल बनाउनका लागि चाहिने सामग्री के–के हुन् भन्नेबारे बुझ्न सकिन्छ र बजारमा किन्न पनि पाइन्छ । भाँडो कत्रो चाहिन्छ ? आगो कत्रो बाल्नु पर्छ भन्ने पनि थाहा हुन्छ । यति भइसकेपछि अरूले जसरी सेल बनाइरहेका छन्, त्योभन्दा राम्रो बनाउन कसरी सकिन्छ भन्नेतर्फ ध्यानकेन्द्रित गर्नुपर्ने हुन्छ।

सबै व्यवसाय स्टार्टअप होइनन् । नयाँ हुँदैमा पनि स्टार्टअप हुँदैन । नयाँ हुनु र नवीन हुनु फरक कुराहरु हुन् ।

यसलाई सफल बनाउन उपयोग हुने तर्क प्रयोजनार्थक वा कारणात्मक हुन्छ । तपाईंले आफूले कहिल्यै नबनाएको सेल बनाउँदै हुनुहुन्छ भने यो तपाईंका निम्ति नयाँ व्यवसाय हुन्छ, स्टार्टअप भन्नचाहिँ मिल्दैन । सेल या अन्य कुनै खाना पकाउने रेसिपी नै नयाँ तयार गर्दै हुनुहुन्छ भने त्योचाहिँ स्टार्टअप भयो । त्यसलाई बेच्ने वा ग्राहकबाट कमाउने ढंग नै नवीन छ भनेपनी त्यसलाई स्टार्टअप भन्न मिल्यो ।

स्टार्टअप के हो भन्नेबारे अर्को उदाहरणबाट पनि हेरौं । मानौं तपाईंले व्यावसायिक योजना बनाएर, स्रोतसाधन जम्मा गरेर रेस्टुरेन्ट स्थापना गर्नुभयो । तपाईंका लागि यो पनि नयाँ व्यवसाय हो । तर आजभन्दा १० वर्षअघि रेस्टुरेन्टको खाना ग्राहकको अर्डरअनुसार घरघर पु-याउन सकिन्छ भनेर कसैले सोचेको थियो भने, त्यो स्टार्टअप भयो । कुनै व्यक्तिले ८० प्रतिशत बाइकहरूको पछाडिको सिट खाली देखेर त्यसको सदुपयोगमार्फत सुविधासँगै उपार्जन गर्ने उपाय निकाल्छ भने त्यो पनि स्टार्टअप भयो । किनभने, यसअघि त्यस्तो कहिल्यै गरिएको थिएन ।त्यो व्यवसायको ढांचा नै नवीन भयो ।

तर नवीनतालाई निरपेक्ष रुपमा ‘आविष्कार’ हो भनेर बुझ्न हुँदैन; यो बजारको धारणामा निर्भर सापेक्ष हुन्छ । अर्थात, नवप्रवर्तनकारी वा नवीन हो कि होइन भन्ने कुरा बजारर ग्राहकले निर्णय गर्छस उध्यमीले होइन ।

अभ्यासमा नभएको फरक व्यवसाय सुरु गरेदेखि बजारमा त्यसको व्यवसायिकर व्यापारिक ढांचा प्रमाणिकरण वा अनुमोदन नभएसम्मको चरण हो, स्टार्टअप । त्यसैले कुनै पनि व्यवसाय लामो समयसम्म स्टार्टअप रहन सक्दैन । यो त व्यापारको एक यस्तो ढाँचा हो, जुन अहिलेको अवस्थित बजारमा प्रमाणिकरण वा अनुमोदन भइसकेको छैन । उदाहरणका लागि फुडमाण्डु । यो बजारमा प्रमाणित भयो कि भएन ? पक्कै पनि भइसक्यो । फुडमाण्डुलाई अब स्टार्टअप भन्न मिल्दैन । त्यसैले स्टार्टअप एक किसिमको चरणमात्रै हो । फेसबुक पनि त कुनै समय स्टार्टअप थियो । तर अहिले यो स्टार्टअप होइन ।अब त्यो व्यवसाय हो । तर त्यस्तो पूर्ण/विकसित व्यवसायमा पनि कुनै नवीन प्रयोग भैरहेको छ भने, त्यो नवीन अंश चाहिं स्टार्टअप नै हो ।

कुनै पनि मानिसको व्यवसाय र स्टार्टअप सुरु गर्दाका सोचाइ, विचार र तर्क भिन्न हुन्छन् । यसभित्र दुई किसिमका तर्क पर्छन् । एउटा कारणमा आधारित, अर्कोचाहिँ असरमा आधारित । अर्थात, एउटा प्रयोजनार्थक वा कारणात्मकस अर्को, प्रभावोत्पादक । कारणमा आधारित अर्थात् ‘कजल लजिक’ (Causal Logic) डाङडुङे लजिक भयो । असर वा प्रभावमा आधारित अर्थात् ‘इफेक्चुअल लजिक’ (Effectual Logic) चाहिँ ‘जो आयगा देखा जायेगा’ भन्ने किसिमको हो ।

कजल लजिकमा यो–यो कुरामा काम गर्दा, यो परिणाम निस्किन्छ भन्नेबारे पहिला नै स्थापीत भइसकेको हुन्छ । उदाहरणका लागि राम्रो बिरुवा हुर्काउनु पर्यो । यसका लागि माटो, कामदार, मल/खाद, मौसम, पानी इत्यादि कस्तो हुनुपर्छ भनेर पहिले नै मापदण्ड बनिसकेको हुन्छ । त्यस्तो स्थापीत र प्रमाणित तर्कको प्रयोग गर्नु नै कजल लजिक प्रयोग गर्नु भयो । जुन हाम्रा शैक्षिक संस्थाले पढाएको पढायै गर्छन् । यो एक किसिमको प्रमाणित पद्धति पनि हो । तर स्टार्टअप प्रमाणित पद्धतिबाट कोशौं टाढा छ । यो त प्रमाणित नै नभएको, बाटो थाहा नभएको बिन्दुबाट खतरा मोलेर अघि बढ्ने व्यवसायको विधा हो ।

स्टार्टअप त्यस्तो ‘नवीन मूल्य प्रस्तावना भएको मानवीय पूंजी आधारित संस्था ’ हो, जसमा अद्भूत किसिमको विचार, फरक व्यापारिक ढाँचा र शैली हुन्छ । यिनै विशेषताका कारण स्टार्टअपमा घोर अनिश्चितता हुन्छ ।

त्यसैले यसलाई हेर्ने नजरीया फरक हुनुपर्छ । नीति पनि पृथक हुनुपर्छ । उही कर्म गरिरहेर नयाँ प्रभाव ल्याउन सकिंदैन भनेजस्तै, प्रयोजनार्थक वा कारणात्मक तर्क प्रयोग हुने व्यवसायिक ढांचालाई प्रवर्दन गर्ने नीति प्रभावोत्पादक तर्क प्रयोग हुने नवप्रवर्तनकारी व्यवसायिक ढाँचाका लागी काम लाग्दैनन् ।

जस्तै, टुटल, पठाओ, फूडमांडू, ई-सेवा, खल्ती जस्ता व्यवसायिक ढांचा बजारमा आउँदा, यिनलाई समेट्ने उद्योगको किसिम नै नीतिमा थिएन । यस्ता व्यापारिक ढाँचालाई नियमन गर्ने नीतिपनि हामीसंग थिएन । टुटललाई आइटी वर्गको उद्योग अन्तर्गत दर्ता गरिएको छ । तर के टुटल आइटी हो ? अहिले दराज, इसेवा कुन उद्योग अन्तर्गत दर्ता होला ? इसेवा त राष्ट्र बैंकअन्तर्गत पिएसपी (पेमेन्ट सर्भिस प्रोभाइडर) अन्तर्गत दर्ता छ ।

स्टार्टअप व्यवसाय मात्र होइन, यो फरक प्रयोग र परीक्षण पनि हो । यसमा यस्तो ल्याकत हुन्छ, कि विध्यमान उद्योगलाई परिवर्तनर भंग गर्छ कि नयाँ उद्योग/क्षेत्र नै बनाइदिन्छ । जसरी फेसबुकले अन्य सामाजिक सञ्जालको क्षेत्रलाई गर्यो । स्टार्टअप सुरू भइसकेपछि हाम्रा उद्योगमा कसरी परिवर्तन आए भनेर केही उदाहरण हेर्न सकिन्छ । जस्तो फुडमाण्डुकै कुरा गरौं । यो कुनै प्रयोगमा आएको व्यापार थियो र रु थिएन नि । तर यसले सोच नै परिवर्तन गरिदियो ।

नवीनतालाई निरपेक्ष रुपमा ‘आविष्कार’ हो भनेर बुझ्न हुँदैन; यो बजारको धारणामा निर्भर सापेक्ष हुन्छ । अर्थात, नवप्रवर्तनकारी वा नवीन हो कि होइन भन्ने कुरा बजारर ग्राहकले निर्णय गर्छ;उध्यमीले होइन ।

स्टार्टअप आफैंमा एउटा यस्तो ‘मानवीय पूंजी आधारित संस्था’ हो, जसले अद्भूत महत्त्वका नवीन प्रस्तावना बजारमा ल्याउँछ । त्यस्तै किसिमको मूल्य प्रस्तावना सिर्जना गर्छ । त्यस्तो मूल्य प्रस्तावना वस्तु वा सेवामा समाहीत भएको हुन्छस भौतिक वा अभौतिक हुन सक्छ । मैले चश्मा आँखाको सहजताका लागि लगाइरहेको हुन्छु । त्यसैले कसैले मलाई चश्मामात्रै बेचिरहेको हुन्न, मेरो आँखाको ‘सजिलोपन’ पनि बेचिरहेको हुन्छ ।

स्टार्टअप त्यस्तो ‘नवीन मूल्य प्रस्तावना भएको मानवीय पूंजी आधारित संस्था ’ हो, जसमा अद्भूत किसिमको विचार, फरक व्यापारिक ढाँचा र शैली हुन्छ । यिनै विशेषताका कारण स्टार्टअपमा घोर अनिश्चितता हुन्छ । रेस्टुरेन्ट नयाँ खोल्दा व्यापार हुने सुनिश्चितता नहुन सक्छ । हरेक व्यापारमा जोखिम हुन्छ । तर स्टार्टअपमा जोखिमसँगै अनिश्चितता पनि जोडिएर आउँछ । नयाँ रेसिपी बनाएर बजारमा लैजाँदा मान्छेहरूलाई मनपर्न पनि सक्छ, नपर्न पनि ।अझ बजारमा जानु भन्दा अगावै रेसिपि नै बिग्रिन वा यसो बनाउँछु भनेर सुरु गरेको भन्दा फरक निस्कन सक्छ ।

जुन समाजमा जोखिम वहन गर्न सक्ने क्षमता छैन, त्यो समाजमा उद्यमशीलता र स्टार्टअप फस्टाउन गाह्रो हुन्छ । औसत आर्थिक वृद्धिनै ठुलो छलांग हुने गर्छ । दुई अंकको आर्थिक वृद्धि र भ्यागुते छलांग, औसत सोच, औसत पाठ्यक्रम, औसत अध्यापन, औसत नीति र औसत नेतृत्वले लेराउन सक्दैन ।

उदहारणको लागी, फेसबुक, युट्युब जस्ता व्यवसायहरुको व्यापारिक ढांचा सुरु गर्दा अहिलेको जस्तो छैन । एउटा अध्ययन अनुसार ६६५ स्टार्टअप को व्यापारिक ढांचा सुरु गरेको बेला भन्दा भिन्न भएर गएको हुन्छ । प्रभावोत्पादक तर्क प्रयोग भएको भनेकै यहि हो ।

टुटल, सस्तो डिल, खाली सिसी, केमु (अहिले ‘दराज’), हाम्रो पात्रो, फुडमाण्डुको पहिलो दिन सम्झने हो भने त्यहाँ असीमित अनिश्चितता थियो । के हुन्छ भन्ने कसैलाई थाहा थिएन । रेस्टुरेन्टको सन्दर्भमा यस्तो अनिश्चितता हुँदैन । कम्तीमा व्यापार चल्ने वाला हो भन्ने हुन्छ ।थाहा भएको वा थाहा हुन सक्ने व्यापारिक जोखिम हुन्छ ।
स्टार्टअपले व्यवसायको समान्यस्तरको वृद्धि अपेक्षा गर्दैन । वृद्धि भइहालेमा यसरी हुन्छ कि, त्यो औसतभन्दा धेरै बढी हुन्छ। जसलाई हामीले ‘सुपरनेचुरल ग्रोथ’ (अप्राकृतिक वृद्धि) भन्छौं । त्यसैले यसमा जति ठूलो चुनौती र खतरा छ, प्रतिफल पनि त्यत्तिकै अथाह छ । तपाईंको नयाँ रेसिपी चल्यो भने तपाईं मालामाल हुनुहुन्छ । र, तपाईंको त्यो रेसिपिको नक्कल गर्ने र त्यस्तै ढाँचालाई पछ्याउने अरु पनि निस्कन्छन् बजारमा ।

त्यसैले त्यस्तो विशिष्ट प्रकृति भएको स्टार्टअपहरुलाई प्रवर्दन गर्ने हो भने नीतिमा विशेष ध्यान दिनुपर्छ । समाज, संस्कृति, हाम्रो हुर्काइ, पढाइ यी सबै कुरा स्टार्टअपको लागि तयार हुनुपर्छ ।

जुन समाजमा जोखिम वहन गर्न सक्ने क्षमता छैन, त्यो समाजमा उद्यमशीलता र स्टार्टअप फस्टाउन गाह्रो हुन्छ । जुन देशको पाठ्यक्रम र अध्यापन शैली पूर्ण-रुपेण प्रयोजनात्मक/कारणात्मक तर्कमा आधारित छ, त्यहाँ पुरानै व्यापारिक ढाँचाको प्राकृतिक परिष्करण हुनु नै उपलब्धि मानिन्छ । औसत आर्थिक वृद्धि नै ठुलो छलांग हुने गर्छ ।

दुई अंकको आर्थिक वृद्धि र भ्यागुते छलांग, औसत सोच, औसत पाठ्यक्रम, औसत अध्यापन, औसत नीति र औसत नेतृत्वले लेराउन सक्दैन । सबै कुरा नवीन ढंगको र अनिश्चितता संग व्यवस्थित रुपमा सिंगौरी खेल्ने ल्याकत र क्षमता भएको र त्यस्तो क्षमता उत्पादन गर्न सक्ने समाज र त्यसका व्यवस्थाहरुमा हुनुपर्छ ।

हरेक युवा उद्यमी हुन खोज्छ । त्यो राम्रो हो । तर किन हुन खोजेको भन्ने कुरामा मा धेरै कैफियत देख्छु । धेरैको लागि उद्यमी हुन खोज्नुको कारणमा ‘ग्लामर’ पक्ष हावी भएको छ ।

हाम्रो पालामा डाक्टर इन्जिनियरको हाइ-हाइ बढी थियो । कारण थियो, कमाइ र इज्जतस एक किसिमको ‘ग्लामर’ । फलानो डाक्टर बन्यो, तिलानो इन्जिनियर बन्यो भनेपछि सबैतिर यही लहर चल्यो । सके डाक्टर, इन्जिनियर, नभए कानून व्यवसायी या पाइलट भनिन्थ्यो । त्यसपछि बैंकरको लहर चल्यो । किनभने, बैंकिङ ‘ग्लामरस’ मानिन्थ्यो । अहिले उद्यमशीलता पनि त्यस्तै भएको छ ।

हरेक युवा उद्यमी हुन खोज्छ । त्यो राम्रो हो तर किन हुन खोजेको भन्ने कुरामा मा धेरै कैफियत देख्छु । धेरैको लागि उद्यमी हुन खोज्नुको कारणमा ‘ग्लामर’ पक्ष हावी भएको छ । यो लहड त्यत्तिकै गलत छ, जति त्योबेलामा डाक्टर इन्जिनियर बाहेक अरु नहुने सोचमा थियो ।

मेरो आफ्नै व्यक्तिगत अनुभव पनि त्यस्तै भयो । मलाई ठूलो भएपछि इन्जिनियर बन्छु भन्नेबाहेक केही ध्याउन्न थिएन । यसैका लागि पुल्चोक क्याम्पस भर्ना भएँ । केही सेमेस्टरहरूमा अव्वल नम्बर लेराएर नै इन्जिनियर भएँ । तर अहिले म इन्जिनियररिङ नभएर व्यवस्थापन र उद्यमशीलताको क्षेत्रमा परामर्शदाता तथा अध्यापकको रूपमा काम गरिरहेको छु ।

जब मैले अवसर आएको इन्जिनियररिङ उच्च अध्ययनको सट्टा एमबिए छनौट गरेँ, त्योबेलामा मैले आफैंलाई प्रश्न गरेँ, ‘मैले होश सम्हालेदेखि यो इन्जिनियरिङ चाहिं किन समातेको रहेछु रु’ यसबारे सोच्दै जाँदा बल्ल उत्तर पाएँ । यो रोचक छ ।

म ५/६ बर्षको हुँदा मेरो ठूलो दाइ रसियामा सिभिल इन्जिनियरङ गर्दै हुनुहुन्थ्यो । चारैतिर उहाँकै वाहवाही सुन्थेँ । त्यसले मेरो ६ वर्षे कलिलो मस्तिष्कमा इन्जिनियर बन्नुपर्छ भन्ने छाप जबरजस्त पर्न गएछ जस्तो लाग्छ । अहिले उद्यमशीलता त्यस्तै भएको छ । हौवा चल्न थालेको छ, मान्छेहरू सुझबुझबिनै यो भीडमा मिसिन तयार भएका छन् । त्यसमाथि कलिलो उमेरमा उद्यमीको जीवनमा हुने स्वायत्तता र स्वतन्त्रताको भ्रमले साह्रै कुत्कुत्याउँछ । कसैको आदेश, कर/कापमा कामै गर्नु नपर्ने । स्वच्छन्द जीवन यापन गर्न पाईनेस वाह !

यो हौवामा मिसिनुमा केवल उनीहरूमात्रै दोषी छैनन् । स्टार्टअपबारे स्थापित धारणा पनि उत्तिकै जिम्मेवार छ । किनभने, हाम्रोमा उद्यमीहरू असफल भएको कथा कसैले लेखेनन् । मात्रै सफलताको कथा उनेर ग्लामराइज गरिएको छ ।

मेरी छोरीले मलाई आफू उद्यमी बन्ने लक्ष सुनाएको दिन मलाई ज्वरो आउनेवाला छ । जबकि, म आफैं उद्यमशीलताको अध्यापक, उद्यमी दुवै हुँ । त्यो सबै पीरको पछाडि यो समाजमा विद्यमान नीतिगत अस्पष्टता, अस्थिरता, जोखिम र अनिश्चितताको कारक होलान् ।

सफलताको रंगीन कथामा डुबिरहँदा हामीले सोच्नुपर्ने हुन्छ, ‘के नेपाली समाजसँग जोखिम वहन गर्ने क्षमता छ ?’ यसको उत्तर दुई किसिमले आउँछ । मेरो विचारमा, नेपाली समाज पहिलेको तुलनामा अलिक जोखिम वहन गर्नसक्ने भएको छ । यो फेरी कुनै नीतिगत प्रयत्नले भएको भन्ने म मान्दिन । प्राकृतिक अनुक्रम हो जस्तो लाग्छ।

यसमा निजी क्षेत्रले गरेको विकाशलाई प्रोत्साहित गर्ने व्यवस्था र नीतिहरुलाई पनि श्रेय दिनैपर्ने हुन्छ । तथापि, उद्यमशीलताको विकासका लागि जति चाहिने हो, त्यति मात्रामा चाहिँ होइन कि भन्ने पनि लाग्छ । यो नुहुनुको कारण छ । त्यो के भने, यो देशमा बिहान उठेदेखि राति सुत्ने बेलासम्म जोखिम र अनिश्चित्तासंग जुधेरै जान्छ आम वयस्क नेपालीको दिन । हिजो बेलुकी आनन्दले सुतेको एक ट्रक ड्राइभर आज प्रतिलिटर ६ रूपैयाँ बढी तिरेर डिलेज हाल्दै छ । अचानक डिजेलको मूल्य वृद्धि भएको छ । डिजेल प्रयोग हुने व्यवसायको फाइदादर हिजो रातभरिमा घट्न पुगेको छ ।योजना बनाउँदा सामान्य रुपमा गर्नु पर्ने प्रक्षेपणनै गर्न पनि गाह्रो छ यहाँ । भनेपछि, भोलि मेरी छोरीले मलाई आफू उद्यमी बन्ने लक्ष सुनाएको दिन मलाई ज्वरो आउनेवाला छ । जबकि, म आफैं उद्यमशीलताको अध्यापक, उद्यमी दुवै हुँ । सँगै यसमा सफल(असफल दुवै भएको र लगानी गरेको व्यक्ति पनि हुँ । तथापि, मलाई ठूलो पीर लाग्नेवाला छ, छोरीले उद्यमशीलताको लक्ष सुनाउंदा । त्यो सबै पीरको पछाडि यो समाजमा विद्यमान नीतिगत अस्पष्टता, अस्थिरता, जोखिम र अनिश्चितताको कारक होलान् । उसलाई पनि मलाईजस्तै डाइलग आउनेवाला छ स जसरी मलाई मेरो परिवार, साथीभाइ र समाजबाट आयो – ‘नेपालमा व्यवसाय गरेर काम छैन । डुबिन्छ, बर्बाद हुन्छ, खत्तमै हुन्छ । तिमीजस्तो व्यक्ति गज्जबको कर्पोरेट संस्थामा गएर एउटा राम्रो र उच्च ओहोदामा पुग्ने हो’ ।

मलाई एकै ठाउँमा, एकनासे काम गरेर, एकमाने पहिचान बनाएर एकलकाटे जीवन बिताउनु थिएन । उद्यमीको जीवन र कार्यशैली अरुभन्दा औसत रुपमा गतिशील, सक्रिय र अनिश्चित हुन्छ भन्नेमा कुनै शंका छैन ।

उद्यमीको सपना व्यवसाय गरेर फाइदा कमाऊँ भन्ने मात्रै हुँदैन । उसको निहीत चरित्रमै इन्डिपेन्डेन्स (आत्मनिर्भरता), अटोनोमी (स्वतन्त्रता) र रिस्क टेकिङ (जोखिम मोल्नसक्ने तागत) हुन्छ । एमबिए गरेपछि साथीहरूले मलाई भन्थे, ‘तिमीजस्तो मान्छे बैंकमा आउनुपर्ने ।’ मैले किन भनेर प्रश्न गर्दा उनीहरूको जवाफ हुन्थ्यो, ‘जागिरको दिगोपन र सुरक्षण छ, पैसा छ ।’

तर मलाई के लाग्थ्यो भने, ‘जुन दिन मेरो जीवनमा सुनिश्चितता आयो, त्यो दिन म सकिएँ ।’ किनभने म निकै अस्थिर मान्छे हुँ । स्थिरता हुने ठाउँ मेरा लागि होइन भन्ने लागेपछि म त्यो बाटो नै हिँडिनँ । यो शायद म भित्रको उद्यमीको कुत्कुत्याई थियो । मलाई एकै ठाउँमा, एकनासे काम गरेर, एकमाने पहिचान बनाएर एकलकाटे जीवन बिताउनु थिएन । सबै गैर-उद्यमीहरुले त्यस्तै जीवन बिताउँछन् भन्ने मेरो भनाई होइन – अहिले आएर त्यो सोच आफैंमा एकलकाटे रहेछ भन्ने लाग्छ । तर उद्यमीको जीवन र कार्यशैली अरुभन्दा औसत रुपमा गतिशील, सक्रिय र अनिश्चित हुन्छ भन्नेमा कुनै शंका छैन ।

अलपत्र कार्यविधि

नेपालमा व्यवसाय गर्दा भोग्नुपर्ने विद्यमान चुनौतीमा म कि सामाजिक संस्कृतिबाट कि नीतिगत तहबाट आउने असर देख्छु । हाम्रो देशले उद्यमशीलता विकासलाई केन्द्रित गरी शब्द नै प्रयोग गरेर अगाडि आएको धेरै भयो । ०७२ देखि स्टार्टअप फण्डका नाममा बजेट नै १५ अर्ब व्यवस्था गरिएको छ । यसबाट स्टार्टअपलाई सरकारले महत्त्व दिएको भान हुन्छ ।

बजेट प्रबन्ध गरिएको सात वर्ष बितिसके पनि अहिलेसम्म यसको ठोस व्याख्या हुन सकेको छैन । अझै कार्यविधिको त अत्तोपत्तो छैन ।बन्दैछ भन्ने सुनेको निक्कै बर्ष भयो । त्यतिन्जेल धेरै उध्योग, व्यवसाय र स्टार्टअपहरू आउन/जान, गति/अधोगति लिन, स्थापित/विस्थापित हुन भ्याइसके ।

राज्यले स्टार्टअपलाई प्रवर्दनको सदीक्षा पालेको हो भने व्यक्तिगत, मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक चुनौतीललाई कम गरिदिनुपर्छ ।

सरकारको नीति तथा कार्यक्रम र पञ्चवर्षे आयोजनामा उद्यमशीलता विकास र नवप्रवद्र्धनकारी व्यवसायलाई प्रवद्र्धन गर्ने भनेर लेख्दैमा हुँदैन । तथापि यो केही भयो है भन्ने सकारात्मक सुरुवात भने हो । छिमेकी मुलुकतिर हेर्ने हो भने स्टार्टअप इन्डिया भनिन्छ, चीनको बारेमा त बोल्नै परेन । त्यो देश आफैंमा स्टार्टअप जस्तो रुपमा जोखिम मोलेर यहाँ सम्म आइपुगेको हो ।इजराइल अर्को त्यस्तै एउटा देश हो, जहाँ स्टार्टअप परितंत्र (इकोसिस्टम) साह्रै आशलाग्दो रुपमा परिपक्व छ ।

अघि भनेजस्तै स्टार्टअपमा एकदमै धेरै अनिश्चितता र जोखिम हुने हुँदा, यसको विकास र प्रवर्दनलाई नीतिको माध्यमबाट सम्बोधन गर्न सुरु गर्नुपर्छ । तथापी, कुनै उद्यमीले स्टार्टअप गर्दा नीतिगत सुविधा र सुगति कुरेर बस्दैन । किनभने, नीति र उद्यमशीलताको दौडमा सधैं उद्यमशीलता नै अगाडि हुन्छ । खानेकुराको रेसिपी पहिले भान्सामा नबनाई सिधैं रेस्टुरेन्टमा व्यवसायिक भई मेनुमा पुग्दैन । त्यसैले नीति नभएको र त्यसमा कमी(कमजोरी भएको कुरा सत्य हो । यो ग्याप सबै देशमा छस कुनै न कुनै मात्रामा छ – माग को अनुपातमा भनेजति छैन। चाहे त्यो अमेरिका होस् या भारत । तर हाम्रो नीतिगत कमी-कमजोरी र ग्याप तुलनात्मक रूपमा अन्यत्रभन्दा निकै ठूलो छ ।

राज्यले स्टार्र्टअपलाई प्रवर्दनको सदीक्षा पालेको हो भने व्यक्तिगत, मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक चुनौतीललाई कम गरिदिनुपर्छ । कुनै पनि व्यवसाय गर्न पूर्वाधार आवश्यक हुन्छ । सरकारले यसबापतको लगानी र खर्च घटाइदिएर सहयोग गर्नसक्छ । उदाहरणका लागि फेसबुक मात्रै पहिलो सामाजिक सञ्जाल होइन । त्योभन्दा अगाडि अनेक त्यस्ता एप थिए ।

तर फेसबुक र युट्युब यहाँसम्म आउनुको पछाडि इन्टरनेटको पेनेट्रेसनले ठूलो भूमिका खेलेको छ । आज हामी विश्वको सबैभन्दा बढी टेलिकममा कर र डेटामा शुल्क तिर्ने देशमा पर्छौं । एकपटक दुरसंचार र सूचना(प्रविधि प्रयोगको शुल्क र त्यसमा लाग्ने कर घटाएर हेर्ने हो भने त्यसबाट के असर देखिन्छ, प्रष्ट देख्न सकिन्छ । इन्टरनेटको शुल्क मात्र घटाईदिनाले त्यसको प्रयोगमा भर पर्ने धेरै स्टार्टअपहरुका व्यवसायिक खर्च नै कम भई नाफामुलक हुन सक्छन् ।

बजार प्रणालीले प्रमाणित/अनुमोदन गर्ने अवस्थामा व्यवसाय पुगेपछि मात्रै स्टार्टअप कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गर्दा कसो होला ? हाम्रोमा पनि सुरुमै कम्पनी रजिस्ट्रार भन्दा पनि स्थानीय तहमै दर्ता गरेर सुरु गर्न र फराकीलो दायरामा व्यवसाय गर्न सकिने प्रणाली लागू हुनुपर्छ ।

स्टार्टअप मात्रै नभएर साना तथा मझौला उद्योगहरूले आफ्ना वस्तु र सेवालाई जसरी इन्टरनेटको प्रयोग गरि सामाजिक संजाल वा सूचना(प्रविधिका माध्यमहरुबाट प्रवर्दन गर्छन्, त्यसको खर्चनै निक्कै घट्छ । स्टार्टअपको पूर्वाधारमा लाग्ने मूल्यहरू घटाइदिनुपर्छ । चाहे त्यो दर्ताको मूल्य होस् या नवीकरणको । उसको नीतिगत अनुपालन (कम्प्लायेंस) मा लाग्ने रकम पनि घटाइदिनुपर्छ ।

भुटानमा स्टार्टअप दर्ता नै गर्नुपर्दैन । बजार प्रणालीले प्रमाणितर अनुमोदन गर्ने अवस्थामा व्यवसाय पुगेपछि मात्रै स्टार्टअप कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गर्दा कसो होला ? हाम्रोमा पनि सुरुमै कम्पनी रजिस्ट्रार भन्दा पनि स्थानीय तहमै दर्ता गरेर सुरु गर्न र फराकीलो दायरामा व्यवसाय गर्न सकिने प्रणाली लागू हुनुपर्छ । सबै किसिमको व्यवसायका लागि उही नीति नियम व्यवहारिक हुँदैन ।

कुनै एउटा युवाले वडा कार्यालयमै गएर हजार रूपैयाँमा आफ्नो स्टार्टअपलाई दर्ता गर्नसक्ने अवस्था हुनुपर्छ । वडास्तरमा त्यस्ता किसिमका संयन्त्र खडा गरिनुपर्छ, जहाँबाट एक हप्तापछि उसले आफूले गर्न लागेको काम स्टार्टअप हो या होइन भन्नेबारे वर्गीकरण सुनिश्चित बनाई स्वीकृति पाओस् । यदि स्टार्टअप होइन रहेछ भने उसले साना तथा मझौला उद्योगमा दर्ता गर्नसक्छ । स्टार्टअप रहेछ भने त्यहाँबाट थप सहुलियत पनि दिने व्यवस्था गर्न सकिन्छ । मुलुक संघीयताको अभ्यासमा गइसकेकाले स्टार्टअपको प्रवर्दन ग्रासरुट लेभलबाट हुनुपर्छ । नीतिमार्फत यी र यस्तै कुरामा सहजीकरण गरिदिनुपर्छ ।

हाम्रो एउटा समस्या भनेको, नीति बनाउने संस्थाहरुमा संस्थागत चेतना र स्मृति नभई, व्यक्ति निर्भर कदम लिइनु र व्यक्ति परिवर्तन भए अनुसार प्राथमीकतामा आउने परिवर्तन पनि हो । यसरी त कहिल्यैपनि नीतिगत परिपक्वता आउंदैन ।

त्यसले आर्थिक विकासको जरो देशको कुना-कन्दरासम्म गहिरो गरि जमाउन मद्दत गर्छ । टुप्पोमा गज्जबको फल फलाउन छ भने, जारामै मल(खाद हाल्नु पर्ने हुन्छ । नयाँ अवधारणा र विचार काठमाडौंमा मात्रै फुर्ने हुँदैन । त्यसैले काठमाडौं मात्रै स्टार्टअप फस्टाउने ठाउँ बन्नु हुँदैन । पूर्वमा ओलाङ्चुङगोलादेखि पश्चिममा दोधारा चाँदनीसम्म सबै ठाउँका मान्छेले आफूमा पलाएको नयाँ अवधारणा प्रयोग र परीक्षण गर्ने वातावरण पाउनुपर्छ । कसैले नयाँ किसिमको अवधारणा ल्याउँछ भने उसले फुत्त वडा कार्यालयमा दर्ता गराएर केही वर्षका लागि ढुक्कले बृहत् बनाउनसक्ने अवस्था कायम हुनुपर्छ ।कम्तिमा उसको व्यवसायिक ढांचा र संरचना बजार प्रणालीले अनुमोदन नगरेसम्म माथिल्लो तहको नीतिको दायरामा लेराउन हुन्न ।

अर्को उदाहरण दिन्छु । हामीसँग कृषिका उत्पादन व्यापक बनाउनका लागि पर्याप्त कोल्ड स्टोर, वेरहाउसलगायतको सुविधा नै छैन । पूर्वाधारको अवस्था यो छ अनि हामीचाहिँ कृषि उत्पादन भएन, आयात बढ्यो भनेर रोइलो मच्चाइरहेका हुन्छौं । । कृषिप्रधान मुलुक भनिए पनि आवश्यक पूर्वाधार छैनन् । यसका लागि निजीक्षेत्रलाई प्रोत्साहन गर्न सकिन्थ्यो । जति गर्नुपर्ने हो, त्यति गरिएको छैन । न सरकार आफैंले स्वामित्व लिएको छ । कृषिमा लागेका कतिपय स्टार्टअपहरूले एक्लै र आफ्नै व्यापारिक संजाल्हरूमार्फत काम गरिरहेका छन् । अबदेखि नेपालमा कसैले कोल्ड स्टोरेज र वेरहाउसको अवधारणासँग सम्बन्धित व्यावसायिक ढाँचा ल्याउँछ भने उसलाई फलानो फलानो सामग्रीको कर तथा अन्ताशुल्कामा यति छुट भन्ने प्रावधान सरकारले ल्याउनुपर्छ ।अनेकमध्ये यो एउटा उदाहरणीय उपाय मात्र हो ।

सर्वप्रथम स्टार्ट अप हो या होइन भनेर खुट्याउने र स्वीकृति प्रदान गर्ने संयन्त्र खडा गर्नुपर्छ । त्यसका लागि लाइन मिनिस्ट्री मानिने उद्योग मन्त्रालयमा यसबारे पर्याप्त बुझाइ भएका जनशक्ति हुन जरुरी छ ।हाम्रो एउटा समस्या भनेको, नीति बनाउने संस्थाहरुमा संस्थागत चेतना र स्मृति नभई, व्यक्ति निर्भर कदमहरु लिइनु र व्यक्ति परिवर्तन भए अनुसार प्राथमीकतामा आउने परिवर्तन पनि हो । यसरी त कहिल्यैपनि नीतिगत परिपक्वता आउंदैन ।

साना तथा मझौला उद्योगीले पनि पैसा उठाउनुपर्यो नि त । उनीहरूको लागि भिन्नै वैकल्पिक स्टक मार्केट बनाउन किन नसकिने ? अनि लगानीकर्ताको बजारले निर्धारण गरोस न त्यस्तो व्यवसायको सोच/ढाँचाको गुण/दोष र आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको आधारमा लगानी गर्ने वा नगर्ने भन्ने कुरा।

स्टार्टअपको लागि अर्को महत्त्वपूर्ण कुरा हो, आर्थिक सहयोग । कुनै पनि स्टार्टअपलाई हामीले ‘स्टार्टअप इकोसिस्टम’ बनाउने भनिसकेपछि बढीभन्दा बढी मान्छेले विचारलाई व्यवसायमा बदल्नुपर्छ भनेर सिकाइन्छ । तर व्यापारमा परिणत गर्दा सबैभन्दा ठूलो चुनौती नै अर्थ बनिदिन्छ । योसँगै कुरा आउँछ–मेरो सोचलाई अर्थ-बजारमा बिकाएर लगानी उठाउन किन नसकिने रु यसपछि बैंकिङलाई पनि दोष दिइन्छ ।

बैंकहरूले नवप्रवर्तनकारी व्यवसाय माथि लगानी गरेनन् भनेर व्यापक गुनासो आउँछन् । संसारभरि कुनै पनि बैंकिङ सिस्टमले नवप्रवर्तनकारी व्यवसायमा त्यत्ति ठूलो जोखिम मोल्दैनस मोलेपनि उसको सम्पूर्ण ऋण-लगानीको धेरै सानो अंशमा मात्रै गर्छ । अमेरिका, भारतगायतका देशमा पनि चलिसकेकार अनुमोदित भइसकेका व्यवसायमा मात्रै बैंकले लगानी गर्छ । किनभने, ऊ आफैं व्यवसाय हो र व्यवसाय व्यवस्थापनको प्राकृतिक नियमानुसार उसले आफ्नो आवश्यकतानुसार पाच्य जोखिम मात्र उठाउँछ । उसको लगानीयोग्य निक्षेप भनेको, जनताले नै दुःख गरि, अनेक जोखिम मोलेर कमाएको अर्थ होस जुन, उसले अत्यधिक जोखिम भएको नवीन व्यापारिक ढाँचामा लगानी गर्ने आँट सितिमिति गर्दैन । गरेपनि धितो सुरक्षण पर्याप्त पाएमा मात्र गर्छ । साना उद्यमीमा त्यस्तो धेरै र मूल्यवान धितो राख्ने क्षमता नहोला ।

बैंकहरूको सिएसआरको रकमबारे यदाकदा प्रश्न उठ्छ । यसबारे मेरो आफ्नै मत छ । शनिबार एकदिन कुनै सामाजिक संदेश लेखिएको टिसर्ट लगाइ दुई घण्टा हिँडेर सिएसचारको रकम खर्च गर्नु भन्दा बढी असरदार काम गर्न सकिन्छ की जस्तो लाग्छ – एउटा बैंकको रुपमा । सम्पदाबारेको टिसर्ट लगाएर वसन्तपुमा वाकाथोन गर्ने पनि होइन । बैंकले सिएसआर फण्डमा वर्षको पाँच करोड रूपैयाँ छुट्याएर शतप्रतिशत प्रभिजनिंग’ गरेर बिना धितो वर्षमा १०/१२ वटा स्टार्टअपमा लगानी गर्दा राम्रो हुन्छ की जस्तो लाग्छ । उसले सिएसआरबाट स्टार्टअपको लागि वर्षको पाँच करोड रुपैयाँ छुट्याउँछ भने त्यो पाँच करोड स्टार्टअपलाई फण्डिङ गरिदिनु बराबर हो । रणनैतिक सिएसआरको अवधारणा आफैंमा यहाँको ठुला उद्योग र व्यवसायहरुमा स्टार्टअपको रुपमा प्रवर्दन गर्नुपर्ने देखिन्छ । त्यो आफैंमा छुट्टै बहस र अध्ययनको विषय हुन सक्छ ।

जबसम्म हामी अंग्रेजी बोल्न सक्ने, इमेल लेख्न सक्ने र अनलाइन चलाउन सक्ने मान्छेहरूको पहुँचमा मात्रै स्टार्टअप र त्यस सम्बन्धित ज्ञान, सीप र तालिमलाई लैजान्छौं, तबसम्म हामी ठूलो गल्ती गरिरहेका हुन्छौं ।

हाम्रोमा कोही व्यक्तिसँग अद्भूत विचार आयो भने त्यसलाई प्रयोग गरेर सुलभ र जोखिम अनुसारको प्रतिफलको सुनिश्चितता गरि लगानी लेराउने वातावरण नै छैन । स्टार्टअप मात्रै होइन, साना तथा मझौला उद्योगका लागि नेपालको स्टक मार्केटमा ‘वैकल्पिक द्वार’ हुनुपर्छ । अहिले धितोपत्र बजारमा सुचिकृत हुन एउटा निश्चित पुँजी र अरु केहि नीतिगत व्यवस्थाहरूले तोके अनुसारको मापदण्ड पुरा गर्नु पर्छ भन्ने प्रावधान तोकिएको छ । तर साना तथा मझौला उद्योगीले पनि पैसा उठाउनुपर्यो नि त । उनीहरूको लागि भिन्नै वैकल्पिक स्टक मार्केट बनाउन किन नसकिने रु अनि लगानीकर्ताको बजारले निर्धारण गरोस न त्यस्तो व्यवसायको सोच/ढाँचाको गुण/दोष र आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको आधारमा लगानी गर्ने वा नगर्ने भन्ने कुरा ।

अर्को महत्त्वपूर्ण कुरा, शिक्षा हो । सरकारले एक यस्तो संस्थागत संरचनाको व्यवस्था गर्नुपर्यो, जहाँ व्यावहारिक रूपमा स्टार्टअप व्यवस्थापनको बारे शिक्षा/तालीम लिन पाइयोस् । अहिले त यस्तो वातावरण नै छैन । जबसम्म हामी अंग्रेजी बोल्न सक्ने, इमेल लेख्न सक्ने र अनलाइन चलाउन सक्ने मान्छेहरूको पहुँचमा मात्रै स्टार्टअप र त्यस सम्बन्धित ज्ञान, सीप र तालिम लाई लैजान्छौं, तबसम्म हामी ठूलो गल्ती गरिरहेका हुन्छौं ।

जसरी मोबाइल चलाउन कुनै युजर म्यानुअलको आवश्यकता भएन, यत्तिकै सहज अवस्थामा उद्यमशीलतासँग सम्बन्धित शिक्षा(तालीम र ज्ञान दिनुपर्छ । सीप छ, नवीन सोच छ, नवीन व्यापारिक ढांचा छ, तर त्यसलाई प्रतिफलमुखी कार्यन्वयन कसरी गर्ने भनेर सहज रूपमा सिक्ने वातावरण हुनुपर्छ । यसका लागि स्थनीय तहहरूले बढीभन्दा बढी काम गर्न सक्छन् । मेन्टरहरू र यसका लागि बजेट पनि उस्तै पुग्नपर्छ । त्यसैले स्थानीय तहबाटै यसका लागि आवश्यक नीति प्रबन्ध हुनुपर्छ । यसो गर्ने हो भने स्थानीय तहको प्रत्यक्ष सहभागितामुलक प्रोत्साहन र उद्यमीहरुको निजि संजालको पहलकदमिबाट एउटा उद्यममुखी परितंत्रमार्फत आर्थिक रूपान्तरण सम्भव छ ।

 

‘पोलिसी डाइलग–२०२२’ १३ औं संवाद श्रृंखलामा थ्री एच म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत खत्रीले व्यक्त व्यक्त गर्नुभएको भनाइको सम्पादित अंश । नेपालवाचको टेलिभिजन प्रस्तुति पोलिसी डाइलग–२०२२ नेपाल टेलिभिजनमा हरेक बुधबार राति प्रसारण भइरहेको छ ।)

हेर्नुहोस् अहिलेसम्मका यसका श्रृंखला









ताजा अपडेट

नेपालवाच विशेष