ट्राफिक प्रहरी यादवको ठगी धन्दा : डिआइजीको नाममा रकम असुली गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिका वडा न १० बिजुली बजार क्षेत्रमा ट्राफिक प्रहरी जवान रवीन्द्रकुमार यादवले काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रहरी नायब महानिरीक्षक (डिआइजी) मीरा चौधरीको नाममा रकम असुली गर्न थालेका छन् । उनले नयाँ बानेश्वोर , धोबीखोला किनारमा रहेका होटेलबाट रकम असुली गर्न थालेका हुन् ।
गाडी लक् र फलामको साङ्लो लिएर हिडने ट्राफिक प्रहरी जवान यादवले गाडी र मोटर साइकलमा लक् लगाएपछि सम्झाई बुझाइ गरेको जस्तो गर्दै गाडी र मोटर साइकल नम्बर डायरीमा टिप्ने र २०० देखि रु ५०० रुपैयाँ घुस लिएर लक् खोलि दिने गर्दछन् । योसँगै ट्राफिक प्रहरी जवान यादवले आफूले खोला किनारमा पार्किङ्ग गर्न दिएकोले दशैंको बेला सहयोग गर्नु पर्ने अन्यथा एक मिनेट पनि पार्किंङ गर्न नदिने भन्दै त्यस क्षेत्रका पसल र होटलहरूसँग रकम माग गर्ने गर्दछन् ।
उनले यसरी उठाएको रकममाथिसम्म पुर्याउनु पर्ने भन्दै आफू काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डिआइजी चौधरीको नजिकको मानिस भएकोले उजुरबाजुर गरे राम्रो नहुने भन्दै धम्क्याउँदै आएका छन्।
galti gareo keta Le Jani vo jagir