NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बोल्न पनि डर लाग्न थालेको छ : अपूर्व

काठमाडौं । कमेडियन अपूर्व क्षीतिज सिंहले आफूलाई अब बोल्न पनि डर लाग्न थालेको बताएका छन् । साथै उनले काठमाडौंमा समेत असुरक्षितको महसुस भएको जनाएका छन् ।

एक दैनिक पत्रिकासँग कुराकानी गर्दै उनले भनेका छन्– बोल्न मात्र होइन, अब त मलाई काठमाडौंमा बस्न पनि डर लाग्छ ।’ कसैले केही गर्लान् भन्ने डरले आफूलाई यस्तो महसुस भएको उनको भनाइ छ । बस्न डर लागे पनि छाडेर भने नजाने उनले बताए ।

उनले जहाँ गए पनि सदैव हेपाइमा परेको गुनासो गरेका छन् । ‘म तराईको मान्छे । स्कुल पढ्दासम्म मलाई मधेसी भनेर हेपे । प्लस टू पढ्न काठमाडौं आएँ । कसरी बोल्ने, कसरी प्रिजेन्ट हुने भन्ने लघुताभास भयो , गाउँको मान्छे सहर देखेपछि त्यसै तर्सिने नै भयो । यसरी दश वर्षसम्म मैले स्कुल र दुई वर्ष काठमाडौंमा खेपेँ । सिए पढ्न भारत गएपछि ६ वर्ष मलाई त्यहाँ नेपाली भनेर नेपाली भनेर हेपे । आफ्नै देशमा कमेडीमा केही गर्छु भनेर फर्किएँ, अहिले आफ्नै देशकाले हेपे’ उनले भनेका छन् ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष