वनभोज खान गएका एकजनाको मृत्यु, एक बेपत्ता

जाजरकोट । भेरी नदीको किनारमा वनभोज खान गएका एक युवकको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
वनभोज खान गएका भेरी नगरपालिका–४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए । भेरी नगरपालिका–३ का २६ वर्षीय विक्रान्त केसी भेरीमा बेपत्ता भएका छन् ।
नदीमा डुबेका वीरेन्द्र शाहीको भने जीवितै उद्धार गरिएको निरौलाले बताए ।
खड्का र केसी डुबेपछि उनीहरुलाई बचाउन गएका शाही बगेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । तिहारको अवसरमा केही दिन अघि सदरमुकाम खलङ्गामा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।
खसी बाजी जितेका युवाहरुले आज भेरी नगरपालिका–११ मटेलास्थित भेरी किनारमा वनभोज आयोजना गरेका थिए ।
प्रतिक्रिया