NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

डेंगुले लियो पत्रकारको ज्यान

काठमाडौं । डेंगु संक्रमणबाट बुटवलमा एक पत्रकारको ज्यान गएको छ । बुटवलका पत्रकार टेक मास्की रानाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

उनी ४८ वर्षका थिए ।

दुई सातअघि डेंगु संक्रमण देखिएपछि मास्कीलाई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनको मिर्गौलामा पनि समस्या देखिएको थियो ।

कालीगण्डकी गाउँपालिका–३, स्याङ्जा स्थायी ठेगाना भएका मास्की बुटवलमा केन्द्रित भएर पत्रकारित गर्दै आइरहेका थिए । त्यहाँको रेडियो जागरणका समाचार प्रमुख राना नेपाल पत्रकार महासंघ, रूपन्देहीका पूर्वकार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रूपन्देहीको सचिव तथा उपाध्यक्षको भूमिकामा रहेर काम गरिसकेका व्यक्ति हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष