खरना पूजा : कसरी गरिन्छ, के–के चाहिन्छ पूजा सामग्री ?

काठमाडौं । यस वर्षको महापर्व छठ सुरु भएको छ । आज कात्तिक १२ गते कार्तिक शुक्ल पक्षको पञ्चमी र छठको दोस्रो दिन हो । आजको दिनलाई खरना भनिन्छ। नेपालको मधेस क्षेत्रसहित भारतको विभिन्न राज्यमा मानिसहरूले लोक विश्वासको यो महान् पर्वलाई पूर्ण उत्साहका साथ मनाउँछन्। यो उनीहरूको सबैभन्दा ठूलो पर्व हो ।
भोलि छठको तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा गरेर तथा चौथो दिन पर्सि बिहान उदाउँदो सूर्यलाई अर्घ दिई महापर्वको समापन गरिनेछ ।
आउनुहोस् जानौं, खरनाको पूजामा कुन सामग्री चाहिन्छ र यो पूजा कसरी र कुन विधिले गरिन्छ ।
पूजाको लागि सामग्री
प्रसाद राख्न दुईवटा ठूला बाँसका टोकरीहरू
बाँस वा पीतल सूप
लोटा (दूध र पानी चढाउन)
एक प्लेट
पान
सुपारी
चामल
सिन्दुर
घ्यूको दियो
मह
धूप
गुलियो आलु
गहुँ, चामलको पीठो
उपवासको लागि नयाँ लुगा
उखु
मूला, अदुवा र बेसारको हरियो बिरुवा
ठूलो कागती
नासपाती, केरालगायत फलफूल
पानी नरिवल
मिठाई
खरना पूजा विधि
आजदेखि ३६ घण्टाको निर्जला व्रत सुरु हुँदैछ ।
महिलाले आज साँझ ३६ घण्टा निर्जला व्रत बसेर सूर्यलाई अर्घ्य दिनेछन् ।
साँझमा भगवानलाई घ्यूले भरिएको रोटी, गुडको खीर र फलफूल चढाइन्छ ।
भोग चढाएपछि महिलाहरुले प्रसादको रुपमा लिने गर्दछन् ।
त्यसबेलादेखि ३६ घण्टाको निर्जल उपवास सुरु हुन्छ।
यो व्रत चौथो दिन सूर्यलाई अर्घय दिएपछि समापन हुन्छ ।
भोलिपल्ट अर्घ्य दिन महिलाहरु एक दिनअगावै प्रसाद बनाउने तयारी गर्न थाल्छन् ।
रवि योगमा खरना
खरना यो वर्ष रवि योगमा छ। आज रवि योग विहान ०६ः३१ बजेबाट सुरु भएर बिहान ९ः०६ बजेसम्म रहेको थियो ।
राति १०ः२३ बजेदेखि सुकर्मा योग सुरु हुन्छ ।
प्रतिक्रिया