NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

द बडी सपको नयाँ उत्पादन बजारमा

काठमाडौं । द बडी सपले आफ्नो पोर्टफोलियोमा नयाँ उत्पादन थपेको छ । यसले ‘एडलवाइस’ नामक नयाँ सौन्दर्य सामग्री थपेको हो।

एडलवाइस हिमालमा फुल्ने एक प्रजातिको फूल हो, जसमा धेरै एन्टिअक्सिडेन्ट शक्ति हुन्छ। सरल भाषामा एन्टिअक्सिडेन्ट भन्नाले विभिन्न किसिमको पौष्टिक तत्व भनेर बुझ्न सकिन्छ। अर्थात् द बडी सपको नयाँ उत्पादन ‘एडलवाइस’ मा छालालाई आवश्यक विभिन्न किसिमको पौष्टिक तत्व पर्याप्त मात्रामा पाइन्छ।

एडलवाइस फूलबाट थुप्रै फाइदा लिन सकिने हुँदा यसको प्रयोग शताब्दीदेखि हुँदैछ। यसलाई परम्परागत औषधिको रूपमा समेत प्रयोग गरिएको पाइन्छ।

अध्ययन अनुसार छाला सुक्खा हुने र छालाबाट चमक हराउने जस्ता करिब ८० प्रतिशत समस्या वातावरण प्रदूषण र धुलोले गर्दा हुन्छ। एडलवाइसमा लियोन्टोपोडिक एसिड लगायत प्राकृतिक एन्टिअक्सिडेन्ट तत्व पाइन्छ। यसैले गर्दा छालामा देखिने सुक्खापन, सुस्तता र चाउरिपनलाई हटाउन मद्दत गर्छ।

एडलवाइसमा रेटिनोलको तुलनामा ४३ प्रतिशत बढी एन्टिअक्सिडेन्ट तत्वहरू हुने बताइएको छ। बजारमा एडलवाइस विभिन्न बट्टा र मात्रामा उपलब्ध छन्।

यसको आँखाको हेरचाहको लागि ‘आइ कन्सन्ट्रेट’, ‘कन्सन्ट्रेट’, अनुहारको छालाको लागि ‘क्लिन्जर’, ‘इन्टेन्स क्रिम’,‘बाउन्सी मिस्ट’, ‘लिक्विड पिल’ र ‘सिट मास्क’ उपलब्ध छन्।

द बडी सपले सन् १९७६ देखि विभिन्न सौन्दर्य सामग्री उत्पादन गर्दैछ। यो विश्वव्यापी मान्यता प्राप्त बेलायती ब्रान्ड हो। ग्राहकहरूको आवश्यकता अनुसार द बडी सपले अनुहार, हात, खुट्टा, शरीरको छाला र कपाललाई आवश्यक सामग्रीहरू उत्पादन गर्दैछ।

यहाँ महिला र पुरुषलाई आवश्यक विभिन्न सामग्रीहरू पाइन्छ। द बडी सपले हाल ७० भन्दा बढी राष्ट्रमा ३ हजार बढी फ्रान्चाइस स्टोरहरू सञ्चालन गर्दैछ। यसको उत्पादनहरू वातावरणमैत्री हुने ब्रान्डको दाबी छ ।