आजदेखि सरकारी कार्यालय १०–४

काठमाडौं । कात्तिक १६ गते बुधबार (आज) देखि सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुल्ने भएका छन् । बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुँदै आएका सरकारी कार्यालय दिन छोट्टिएसँगै १ घण्टा छिटो बन्द हुन लागेका हुन् ।
गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय तय गरेको छ । जसमा कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म १०–५ सम्म सञ्चालन हुने उल्लेख छ ।
यही प्रावधानअनुसार, गृहले बुधबारदेखि आगामी माघ १५ गतेसम्मको कार्यालय समय छोट्याएको हो ।
शुक्रबार भने बिहान १० बजे खुलेर दिउँसो ३ बजे कार्यालय बन्द हुनेछन् ।
प्रतिक्रिया