केशव कुमार शर्मा सचिवमा बढुवा

काठमाडौं । सरकारले सहसचिव केशव कुमार शर्मालाई सचिवमा बढुवा गरेको छ । शर्मा हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत छन् ।
उनलाई बुधबारको मन्त्रिपरिषद्को बैठकले बढुवा गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस समितिले उनलाई तेस्रो नंबरमा राखेको थियो ।
उनीअघि सहसचिव राम आधार साह र विश्वबाबु पुडासैनीको नाम सिफारिस भएको थियो ।
प्रतिक्रिया