NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बचत गर्ने बानी किन महत्वपूर्ण छ ? यस्ता छन् बचत गर्नुका फाइदा

काठमाडौं । अहिले मूलुकमा महंगी आकाशिएको अवस्था छ । बेराेजगारी बढ्दै गइरहेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा मात्रै मुद्रास्फीति साढे ८ प्रतिशतभन्दा बढी छ । दैनिक उपभोग्य सामान महंगिदा उपभोक्ताको दैनिकी जीवन निकै कठिन बन्दै गएको अवस्था छ ।

महंगीको असर नेपालमा मात्रै नभएर विश्वमै देखिएको अवस्था छ । जसको कारण मानिसको दैनिकी गुजारा चलाउन समस्या हुँदै गएको छ ।धेरैको बचाउने बानी हुँदैन । भविष्यमा आउने समस्याबाट बच्नको लागि बचत गर्ने बानीले ठूलो भूमिका खेल्दछ । त्यसैले केही गर्नुछ भने बचाउनु पनि जरुरी छ । हरेक दिन बचत ग-यो भने भविष्यमा उक्त रकमबाट ठूला ठूला काम गर्न सम्भव हुन्छ ।

बचत सुरक्षित भविष्यका लागि बलियो आधार हो । भविष्यमा आइपर्नसक्ने आकास्मिक अवस्था र जीवनमा चाहिने अतिआवश्यक खर्चहरु टार्न बचतले ठूलो भूमिका खेल्छ ।

बचतका फाइदा
बचत गर्ने कुरा पहिलेदेखि नै चल्दै आएको हो । बचत पैसा वा जिन्सी दुबै हुन सक्छन् । सयम परिवर्तन भएअनुसार बचत गर्ने प्रक्रिया फरक फरक हुँदै गएका छन् । अहिले त जिन्सीभन्दा बढी रुपैयाँ नै बचत गर्ने चलन बढेको छ । बचत गर्ने सरल उपाय भनेको नै कित आम्दानीको स्रोत बढाउनुपर्छ कित खर्च कम गर्नुपर्छ ।

पैसा खर्च गर्न निकै सजिलो छ तर कमाउन निकै मिहिनेतको जरुरी हुन्छ । त्यसैले खर्च गर्नुभन्दा अगाडि धेरै सोचविचार गरेर गर्ने बानी बसाल्नुपर्छ । खर्च गर्दैछ भने बचत पनि गर्नुपर्छ भन्ने दिमागमा राख्ने गर्नुपर्छ । हामी धेरैको बानी आम्दानीभन्दा बढी खर्च गर्ने बानी हुन्छ, त्यसलाई हटाउनैपर्छ ।

महंगा गाडी चढ्न, महंगा फोन फोक्न, महंगा कपडा पहिरिन आज मानिसहरुको सोख बन्दै गएको छ । आफ्नो महंगो सोख पूरा गर्ने धौडधुपमा मानिसहरुले आफ्नो भविष्य देख्दैनन् र भविष्यमा जे नि हुनसक्छ, अप्ठ्यारा परिस्थिति आउन सक्छ, बेरोजगार हुनुपर्ने दिन आउन सक्छ, बिरामी पर्न सक्छ भन्ने कुरालाई सोच्दैनन् । यी सबै कुराहरु भविष्यमा जसको जीवनमा पनि पर्न सक्छ ।

त्यसैले कमाईँको साथसाथै आफ्नो खर्चमा नियन्त्रण राख्नु जरुरी छ । पैसा बचत गर्ने र सही ठाउँमा लगानी गर्ने गर्नुपर्छ । किनकि पैसाले मात्रै हाम्रो समस्या र आवश्यकता पूरा गर्न सक्छ ।

१. आजको सानो बचतले भविष्यमा ठूलो समस्या टर्न मद्दत पुग्छ ।
२. बचतले खर्चमा अनुशासन हुन सिकाउँछ र भविष्यको सोच गर्ने बानी विकास गर्छ ।
३.. बचतले आफ्नो वित्तिय लक्ष्य पूरा गर्न मद्दत गर्छ ।
४. बचतले अनावश्यक खर्च गर्नबाट जोगाउँछ ।

बचत गर्ने उपाय

१. आफ्नो आम्दानीको केही प्रतिशत छुट्याहाल्ने
२. खर्चमा अनुशासन कायम गर्ने, अतिआवश्यक ठाउँमा मात्रै खर्च गर्ने, फजुल खर्च नगर्ने ।
३. आजको सानो बचतले भविष्यमा ठूलो काम टर्छ भन्नेमा विश्वास राख्ने ।
४. आम्दानीको वैकल्पिक उपायहरु खोज्ने, एउटा मात्र विकल्पमा नबस्ने ।
५. मिहिनेती हुने
६. महंगाभन्दा सादा र स्वस्थकर खानेकुरा खाने । बजारमा किनेरभन्दा घरमै बनाएर खाना खाने बानी बसाल्ने ।
७. खर्च गर्दा पनि खर्चबाटै केही रकम छुट्याएर बचत गरिहाल्ने ।
५. पारिवारिक खर्चको हिसावकिताव राखिराख्ने ।

बजेट निर्माणमा ध्यान दिनुपर्ने कुरा
१. बजेट बनाउनुभन्दा पहिले आफ्नो आम्दानीको स्रोत, खर्च कति के मा हुन्छ, त्यसको हिसाबकिताब राख्नुपर्छ ।
२. आफ्नो आवश्यकताको वर्गीकरण गर्नुपर्छ, र कुनचाहिँ बढी आवश्यकता हो त्यसलाई महत्व दिनुपर्छ ।
३. बजेट आफ्नो अवस्थाअनुसार यथार्थ हुनुपर्छ ।
४. बजेट बनाउँदा नियमति रुपमा गर्नुपर्ने बचत र ऋणको भुक्तानीलाई विर्सनुहुँदैन ।

ताजा अपडेट

नेपालवाच विशेष