NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

प्लाष्टिकजन्य पदार्थ नजलाउन नगरवासीलाई अनुरोध

रुपन्देही । सिद्धार्थनगर नगरपालिका, रुपन्देहीले प्लाष्टिकजन्य पदार्थ नजलाउन नगरवासीसँग अनुरोध गरेको छ ।

वातावरण र नागरिकको जनस्वास्थ्यमा मध्यनजर गर्दै प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरुमा आगो नलगाउन आग्रह गरेको हो ।

प्लाष्टिकजन्य पदार्थ जलाउँदा वातावरण प्रदुषित भइ नागरिकको स्वास्थ्यमा असर पारेको भन्दै अटेर गरेमा कानुन बमोजिमको कारबाही गर्ने प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयालले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष