‘कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक छ’
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीहरूले आफ्नो अस्तित्व जोगाउन विचार मिल्नेसँग एकता नभए कार्यगत सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रमका वक्ताहरूले हालै सार्वजनिक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले पनि त्यो पुष्टि गरेको धारणा राखेका छन् ।
‘कम्युनिष्ट पार्टीहरुको पुनर्गठनको आवश्यकता र औचित्य’ विषयक अन्तक्र्रियामा नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजीत बुढाथोकीले नेपाली कम्युनिष्ट सङ्कटतर्फ उन्मुख भएको बताउँदै पुनर्गठनको आवश्यकता रहेको औँल्याए । उनले नेपाल र नेपाली जनताको मुक्ति चाहने क्रान्तिकारी कम्युनिष्टहरू, सच्चा लोकतन्त्रवादी, राष्ट्रवादी, प्रगतिशील तप्का एकजुट हुनुपर्नेमा जोड दिए ।
नेकपा (समाजवादी)का अध्यक्ष राजु कार्कीले श्रमजीवी जनता र राष्ट्रियताको रक्षाका लागि नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठनको आवश्यकता बढ्दै गएको उल्लेख गरे । उनले नेपालमा भएको पटक–पटकका आन्दोलन तथा क्रान्तिमा नेताहरूले धोका दिएको र ठूला भनिएका कम्युनिष्ट पार्टीहरू सत्ताको भागबण्डा नमिल्दा एक हुन नसकेको समेत टिप्पणी गरे ।
नेकपा परिवर्तनका अध्यक्ष जोगमान लामाले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन कमजोर भएका कारण प्रतिक्रियावादी तथा यथास्थितिवादी शक्तिहरू बलियो बन्दै गएको छ बताए । कम्युनिष्ट पार्टीप्रति जनताको अपेक्षा र भरोसा बढी भएको तर नेताहरूले धोका दिएकाले जनविश्वास घट्दै गएको उनको भनाइ थियो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया