प्रेस इन्स्टिच्यूटमा तीर्थ कोइरालाकाे नेतृत्व
काठमाडाैं । सञ्चारसम्बन्धी तालिम, अनुसन्धान र पैरवीको कार्य गरिआएको नेपाल प्रेस इन्स्टिच्यूटको अध्यक्षमा पत्रकार तीर्थराज कोइराला सर्वसम्मतिले चुनिएका छन् ।
इन्स्टिच्यूटको आइतबार सम्पन्न १७ औँ साधारणसभाले पत्रकार कोइरालाको अध्यक्षतामा कार्यसमिति समेत गठन गरेको छ । संस्थाको उपाध्यक्षमा नीता सापकोटा, महासचिवमा लक्ष्मण उप्रेती, कोषाध्यक्षमा अमिका रजथला तथा सदस्यहरूमा तपानाथ शुक्ल, मन्टेश्वरी राजभण्डारी, कपिल काफ्ले, मोहन नेपाली, गंगादेवी गुरुङ, अरुण पौडेल, वसन्त रुपाखेती तथा श्रीमन् शर्मा (विज्ञान) चुनिएका हुन ।
साधारणसभामा निवर्तमान अध्यक्ष निलकण्ठ उप्रेतीले एनपिआइलाई देशकै प्रतिष्ठित सञ्चार संस्थाका रुपमा अघि सार्न आवश्यक रहेको चर्चा गर्दै इन्स्टिच्यूटको सान्दर्भिकता अझै जीवित रहेको बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष तीर्थराज कोइरालाले एनपिआइले सञ्चालन गरिरहेका १० महिने पत्रकारिता समेतका अन्य तालिमलाई थप व्यवस्थित गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव लक्ष्मण उप्रेतीले आफ्नो स्थापनकालदेखि नै संस्थाले नेपालमा सञ्चार र पत्रकारिताको क्षेत्रमा समर्पित भएर काम गर्दै आएको स्मरण गर्नुभयो । उहाँले आजको परिवर्तित परिस्थितिमा अझ स्तरीय र व्यावसायिक पत्रकारिताका हितका कार्यक्रम अघि बढाउनु समयको माग रहेको बताउनुभयो ।
एनपिआइका हाल काठमाडौँमा केन्द्रीय कार्यालय तथा नेपालगञ्ज र विराटनगरमा क्षेत्रीय सञ्चार स्रोत केन्द्र सञ्चालनमा छन् । संस्थाले काठमाडौँमा १० महिने पत्रकारिता तालिम तथा स्रोत केन्द्रमार्फत पत्रकारिता तालिम र एफएम रेडियो सञ्चालन गरिरहेको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया