NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुँदै, यस्ता छन् विशेषता

काठमाडाैं ।  नेपालमा पहिलोपटक अन्तराष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी मेला आयोजना हुने भएको छ । मेला यही आउँदो पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

स्वेदशी उत्पादनका बारेमा नेपाल डिलर, होलसेलर तथा खुद्रा व्यापारीहहरुलाई आफ्ना उत्पादनका बारेमा जानकारी गराउन सो मेलाको आयोजना गरेको फुटवेयर म्यानुफ्याक्चरस एशोसिएसन अफ नेपालले जनाएको छ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न प्रर्दशनी मेलाको माध्यमबाट व्यापक प्रचारप्रसार गरी बाह्यबजारसमेत विस्तार गर्ने रणनीति पहल गर्न मेला आयोजना गरेको मेलाको संयोजक तथा एशोसिएसनका अध्यक्ष सुरज बन्जाडेले बताए ।

संघका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी माग पूरा गर्न आत्मनिर्भर भए पनि चोरी पैठारीका कारण समस्या भएको बताए । उनले भने, ‘चोरी पैठारी, न्यून विजकीकरण, दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयातले स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।’

नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगको सङ्ख्या एक हजार ५०० रहेका छन् । नेपाली उद्योगको वार्षिक हाल पाँच करोड जोर उत्पादन गदै आएको बताउनुभयो । यस क्षेत्रमा रु ३० अर्बभन्दा बढीको लगानी र रु चार अर्बभन्दा बढी बैंक कर्जा रहेको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ मा चार करोड ११ लाख ४६ हजार एक सय ११ जोर जुत्ता, चप्पल आयात भएको छ । २७ लाख ६४ हजार छ सय ४३ जोर जुत्ता, चप्पल निर्यात भएको छ । उद्योगीका अनुसार ३५ प्रतिशत क्षमतामा मात्र उद्योग सञ्चालनमा आएका छन् । विश्वका १८ देशमा नेपाली चुत्ता, चप्पल निर्यात हुने गरेका छन् ।

यस्ता छन् मेलाका उद्देश्य
१.विदेशी जुत्ताचप्पल तथा छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाजन्य वस्तु उत्पादनका क्षेत्रमा मूलुकलाई आत्मनिर्भर बनाउन
२. डिलर, होलसेलर, खुद्रा विक्रेताहरुले उत्पादनलाई सफल बनाउने मूल पात्रहरु भएका हुँदा उपभोक्ताका उत्पादकहरुले प्रत्यक्ष मेटी उनीहरुका गुनासा तथा राय सुझाव संकलन गरी कमी कमजोरीलाई सच्याउँदै आफ्ना उत्पादनहरुमा सुधार ल्याउनु
३. अस्वस्थ प्रतिस्पर्धालाई न्युनीकरण गराउँदै उद्योगी व्यवसायीबीच ‘एकका लागि सबै र सबेका लागि एक’ भन्ने भावना महसुस गराई दीगो हार्दिकता सिर्जना गर्नु
४. उद्यागलाई आवश्यक पर्ने सहायक कच्चापदार्थ उपलब्ध गराउने व्यक्ति र उद्योगी र उपभोक्ता, उद्योगी र वयापरी, नीतिनियम बनाउने सरकारी निकाय र त्यसलाई पालना गर्ने उद्यमी, राजनीतिज्ञ र उद्यमी, संञ्चार क्षेत्र र उद्यमी एकैसाथ एकै ठाउँमा भेलालाई एक अर्काका समस्या सुन्ने र सुनाउने अवर प्रदान गर्न मञ्चको स्थापित गर्नु ।

प्रर्दशनीका विशेषताहरु
१. मेलामा प्रथम पटक बि टु बि सेल्स हुने
२. विदेशी डिलर, होलसेलरलाई प्रर्दशनी अवधिभर होटल सुविधासहित आमन्त्रण गरिएको जसको परिणामस्वरुप नेपाली उत्पादनको विदेश निर्यातको सम्भावना रहेको ।
३. देशभरीबाट ४० देखि ५० हजार उद्योगी, डिलर, होलसेलर र खुद्रा व्यापारीहरुको सहभागिता जनाउने अपेक्षा
४. प्रदर्शनीमा विदेशी कच्चापदार्थ, मेसिनरी र प्रविधिसहितको ४० भन्दा बढी कम्नपनीका स्टल रहने र नेपाल फुटवेयरका ९० कम्पनी सहभागी हुने ।
५.३०० भन्दा बढी सरकारी, गैरसरकारी, व्यवसायिक संघसंस्थाहरु, विदेशस्थित कुटनैतिक नियोग र राज्यका नीतिनिर्माण तहका संस्था तथा व्यक्तित्वहरुलाई प्रर्दशनी अवलोकन गराउने
६. प्रदर्शनीमा नेपालमा फुटवेयर तथा छालाजन्य सामग्री उत्पादन तथा विधि कच्च पदार्थको गुणस्तकरो पनि जानकारी गराइने ।
७. प्रर्दशनीमा नेपालका ठूला उत्पादकदेखि साना घरेलु उद्योगहरुलाई समावेश गरिएको स्टलको मूल्य तिर्न असमर्थ उद्योगहरुलाई केही संख्यामा निशुल्क राख्ने व्यवस्था
लक्ष्य
हाल नेपालमा विक्री हुने फुटवेयरजन्य सामान करिब ५० प्रतिशत छ । यसलाई नेपालभरी डिलर, होलसेल, खुद्रा व्यवसायीमार्फत विक्रीवितरणमा वृद्धि बढाइई नेपाल उत्पादनको हिस्सा ७५ प्रतिशत पु-याउने
२. नेपाली फुटवेयर उद्योगमा लाग्ने कच्चा पदार्थको हिस्सा करिब ४० प्रतिशत रहेको र यसलाई ६० प्रतिशतसम्म पुराउने
३. हाल भएको निर्यातलाई दोब्बर बनाउने ।
मेलाको टाइटल स्पोन्सर किरणसुज म्यानुफ्याक्चरस, गोल्ड स्पोन्सर जय श्री पियु टिच, सिल्भर स्पोन्सर एमबिएस टेक्सटाइल र सांग्रिला सुज, हस्पिटलटी पार्टनर -याडिनस होटल, इन्स्योरेन्स पार्टनर अजोड इन्स्योरेन्सलगायत छन् ।