NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

एक लाख नक्कली लाइसेन्स सिआइबी छानविनमा, यातायातका कर्मचारी पक्राउ

काठमाडौं । कर्मचारीकै मिलेमतोमा करिब एक लाख नक्कली सवारी लाईसेन्स जारी गरेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले अनुसन्धान अघि बढाएको छ । यातायात व्यवस्था विभागका पूर्वकर्मचारी हरिस भट्टलाई पक्राउ गरी सिआइबीले छानविन थालेको हो ।
यसअघि यातायात व्यवस्था विभागले यससम्बन्धि छानविन गरी थप अनुसन्धान गर्न सिआइबीलाई पत्राचार गरेको थियो । सोही आधारमा सिआइबीले छानविन थालेको हो । यसमा दर्जनौं कर्मचारी छानविनमा छन् ।