NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेपाल टेलिकमका एमडी पौडेल डिल्लीबजार कारागार चलान

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल डिल्लीबजार जेल चलान भएका छन् । अवैध सम्पत्ति आर्जनसम्बन्धि भ्रष्टाचार मुद्दामा बिशेष अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।
२३ करोड ७५ लाख अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको हो । अवैध सम्पत्ति लुकाउनसक्ने भन्दै अदालतले थुनामा पठाएको हो । पौडेललाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो । अन्य भ्रष्टाचार मुद्दामा पनि उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।