NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

पूर्वसचिव भिम उपाध्याय ५० हजार धरौटीमा छुटे

काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वसचिव भिम उपाध्याय ५० हजार रुपैयाँ तिरेर छुटेका छन् । बिशेष अदालतमा उपस्थित भएका उनलाई अदालतले धरौटी माग गरेको हो । धरौटी बुझाएर उनी छुटेका छन् ।
उपाध्यायविरुद्ध चार करोड ११ लाख रुपैयाँ बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिनाअघि मुद्दा दायर गरेको थियो । खानेपानी मन्त्रालयको सचिव हुँदा आयोजनाको अध्इक्षका रुपमा उनी सो भ्रष्टाचारमा परेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष