NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

बद्लिदो मौसममा यी रोगको प्रकोप बढ्दो, कसरी गर्ने स्वास्थ्यको हेरचाह ?

एजेन्सी । मौसम बदलावका कारण स्वास्थ्यमा विभिन्न समस्या देखापर्ने गर्छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, शरीर तथा टाउको दुख्ने, आँखा पोल्ने लगायत विभिन्न समस्या यो समय देखिने समस्या हुन् ।

जाडोपछि अचानक तापक्रममा आएको परिवर्तनले यस्ता रोगको जोखिम बढ्छ । यो मौसममा मौसमी रुघाखोकीसँगै सबै प्रकारका सरुवा रोगको जोखिम पनि उच्च हुन्छ । त्यसैले यस्तो मौसमा शरीरमा विशेष स्वास्थ्यको ख्याल गर्नुपर्छ । तापक्रममा हुने परिवर्तनलाई इन्फ्लुएन्जा जस्ता भाइरसको वृद्धिका लागि अनुकूल मानिन्छ, जसका कारण चिसो र अन्य धेरै स्वास्थ्य समस्याहरूको जोखिम उच्च हुन्छ ।

इन्फ्लुएन्जा भाइरसको प्रकोप सामान्यतया मनसुन र जाडोको सुरु र अन्त्यमा बढी देखिन्छ । वातावरणीय अवस्थाका कारण पनि यस अवधिमा यो भाइरस तीव्र गतिमा बढ्न सक्छ । फ्लूको संक्रमण जो कोहीलाई हुनसक्ने भए पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा यस्तो संक्रमण बढी देखिन्छ ।

यस सिजनमा इन्फ्लुएन्जासँगै चिकेनपक्सको संक्रमण पनि बढी देखिन्छ । चिकनपक्स १० वर्ष मुनिका बच्चाहरुमा अधिक देखिन्छ । यद्यपि वयस्कहरुलाई पनि यस्तो रोग लाग्न सक्छ। भेरिसेला जोस्टर भाइरसको कारणले हुने यो संक्रमणले छालामा दाग र चिलाउने गर्छ जुन तरल पदार्थले भरिएको छालामा परिणत हुन्छ।

सरुवा रोगबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बलियो राख्नुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । यसका लागि मौसमी फलफूल, तरकारी र औषधिको सेवन, नियमित व्यायाम अति आवश्यक हुन्छ । केही घरेलु उपायहरू पनि तपाईंको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मद्दत गर्न सक्छन्। श्वासप्रश्वासको संक्रमणबाट बच्न भीडभाड हुने ठाउँमा मास्क लगाउनु र हातको सरसफाइमा ध्यान दिनु आवश्यक छ ।

यदि तपाईको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भने मौसमी फ्लू र अन्य संक्रामक रोगहरूबाट सजिलै बच्न सकिन्छ। खानामा हरियो सागसब्जी, फलफूल, गेडागुडीजस्ता प्रोटिनयुक्त र भिटामिनयुक्त खानेकुरामा जोड दिनुपर्छ । फलफूलमा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ, त्यसैले दैनिक फलफूल आफ्नो खानामा राख्नुहोस् । त्यस्तै, बेसार, तुलसी, र अदुवाको सेवन गर्नु यो समय फाइदाजनक हुन्छ ।

शरीर स्वस्थ हुन आहारले मात्र पनि हुँदैन, पूर्ण निन्द्रासमेत आवश्यक छ । यसरी बिहान उठेर एक गिलास मनतातो पानीबाट दिनको सुरुवात गर्नुपर्छ । यसले शरीरमा उर्जाका साथै छाला सुख्खा हुनबाट बचाउँछ ।