NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सांसदसँग लेबी, कुन दलले कति उठाउँछन् ?

काठमाडौं । सांसदहरूले पाउने पारिश्रमिक र अतिरिक्त भत्ताबाट सम्बन्धित पार्टीले लेबी काट्ने गरेका छन् । यस्तो लेबी ठूलाभन्दा साना दलले बढी उठाउँछन् ।

संसद् सचिवालयको सुविधा व्यवस्थापन महाशाखाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले २५ हजार, जनमत पार्टीले २२ हजार, जसपा र लोसपाले १५ हजार, राप्रपा र नागरिक उन्मुक्तिले २० हजार लेबी उठाउने गरेका छन् ।

त्यस्तै, एमाले, माओवादी र एकीकृत समाजवादीले आफ्ना सांसदबाट मासिक १२ हजारका दरले देबी उठाउने गरेका छन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो सबै तलबभत्ता पार्टीकै खातामा जाने गरेको बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।