सांसदलाई भत्ता दिन जुटेन स्रोत, अर्थसँग हारगुहार

काठमाडौं । अर्थ मन्त्रालयले सबै खालको भत्ता कटौती गरेपछि संसद् सचिवालयलाई सांसदहरूले पाउने बैठक भत्ता जुटाउन सकस परेको छ ।
प्रवक्ता एकराम गिरीले भत्ता कटौती भएपछि अर्थ मन्त्रालयसँग निकासीका लागि अनुरोध गरिएको बताए ।
‘कानुनले नै भत्ता देऊ भनेको छ । कटौती भएको भत्ता निकासा गर्न अर्थसँग ताकेता गरिरहेका छौँ,’ उनले भने ।
अहिले सचिवालयले चुनावको समयमा प्रतिनिधिसभा नरहँदा खर्च नभएको रकमबाट भत्ताको व्यवस्थापन गरिरहेको उनले बताए ।
प्रतिक्रिया