NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

माओवादी कार्यकर्तालाई आजदेखि सिंहदरबारको ढोका बन्द !

काठमाडौं । आफ्नो पार्टीबाट प्रधानमन्त्री बनेका प्रचण्ड वा अन्य मन्त्रीलाई भेटेर आफ्ना गुनासो बिसाउन सिंहदरबार जाने सोचमा हुनुहुन्छ । त्यसो हो भने कष्ट नगर्नुहोला, किनकि, आजदेखि माओवादी कार्यकर्ताका लागि सिंहदरबारको ढोका बन्द भएको छ ।

सरकारी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्दा भीडभाड तथा ज्यादा समय व्यतीत भएपछिमाओवादीले आजदेखि पार्टी कार्यालयबाट सिंहदरबारबाट कार्यकर्ताको भेटघाट बन्द गरेको हो ।अब प्रधानमन्त्री तथा मन्त्रीलाई भेट्नै परे नेता कार्यकर्ता सिंहदरबारको साटो पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा जानुपर्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजैबाट यसको सुरुवात गरेका छन् । पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन वैशाख १ गते बिहान ८ बजे प्रधानमन्त्री पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेको उनको सचिवालयले जनाएको छ । अब उनले प्रत्येक शुक्रबार पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेट गर्नेछन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पार्टीबाट सरकारमा सामेल अन्य मन्त्रीको भेटघाट पनि अब पेरिसडाँडाबाटै हुनेछ ।

कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई काममा व्यवधान नआओस् भनेर माओवादी केन्द्रले कार्यालय समय बाहिर पार्टी कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेटघाटको व्यवस्था मिलाएको हो ।