NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

रवि लामिछानेका चालक तीन तलामाथिबाट खसेर गम्भीर घाइते

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट खसेको अवस्थामा भेटिएका छन् । उनको अवस्था गम्भीर छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ भई केही समयदेखि रविको सवारी चलाउँदै आएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा तीन तला माथिबाट खसेको अवस्थामा सोमबार बिहान फेला परेका हुन् ।

उक्त घर रविले भाडामा लिएर प्रयोग गर्दै आइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनले घटनाको पुष्टि गर्दै उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको जनाएको छ । उनको अहिले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।

घटना कसरी हुनपुग्यो भन्ने खुल्न बाँकी छ ।