तनहुँ-१ मा मतगणना सुरू, वाग्ले सुरूमै दाेब्बर बढी मतान्तरले अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा मतगणना सुरू भएकाे छ । मतगणनाकाे सुरूवातमा नै यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् ।
निर्वाचन आयोगका अनुसार ३२१६ मत गणना हुँदा वाग्ले एक्लैले १९११ मत प्राप्त गरेका छन् । वाग्लेलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले ८२७ र एमाले उम्मेदवार सर्वेन्द्र खनालले ३८३ मत प्राप्त गरेका छन् ।
तनहुँ-१, चितवन २ र बारा २ मा आइतबार उपनिर्वाचन भएकाे थियाे । यीमध्ये दुई क्षेत्रकाे मतगणना सुरू हुन भने बाँकी छ ।
प्रतिक्रिया