तनहुँ-१ मा स्वर्णिमलाई १८२५ मतकाे अग्रता

काठमाडाैं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार स्वर्णिम वाग्लेले मतान्तर थप फराकिलाे पारेका छन् ।
सुरूवातदेखि नै अग्रता लिएका वाग्लेले हालसम्म ३४२२ मत हासिल गरेका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका गाेविन्द भट्टराई १८२५ मतले पछाडि छन् । निर्वाचन आयाेगका अनुसार भट्टराईले १५९७ मत पाएका छन् ।
नेकपा एमालेबाट प्रतिस्पर्धामा रहेका सर्वेन्द्र खनाल १०९० मतका साथ तेस्राे स्थानमा छन् ।
प्रतिक्रिया