यात्रुको रिर्पोटिङले बुद्धको उडान रोकियो, मुसा खोज्दै प्राविधिक

काठमाडौं । मुसाका कारण बुद्ध एयरको एउटा उडान शनिबार स्थगित गरिएको छ । जनकपुरबाट काठमाडौं उड्न लागेको विमानमा मुसा देखिएपछि स्थगित गरिएको हो ।
बुद्ध एयरले एक विज्ञप्ति जारी गर्दै यात्रुले मुसा देखेको बताएपछि बिहान ८ः३० का लागि तय उडान स्थगित गर्नु परेको जनाएको छ ।
‘आज बिहान जनकपुरबाट काठमाडौं उडान संख्या ५०२ र जहाज ९एन–एजेएलमा यात्रुले मुसा देखेको रिपोर्टिङपछि तत्कालै यात्रुलाई लिनका लागि अर्को जहाज काठमाडौंबाट पठाइएको छ,’ बुद्ध एयरले उडान स्थगित गर्नुको कारणबारे विज्ञप्तिमा भनेको छ ।
विमानमा मुसा देखिएपछि बुद्धका प्राविधिक टिमले अहिले त्यसको खोजी गरिरहेका छन् ।
प्रतिक्रिया