ढोरपाटनका प्रमुख नेपालीसहित ७ जनाको यात्रा अनुमति पत्र रद्द गर्न अध्यागमनलाई गृहकाे पत्र

काठमाडौं । गृह मन्त्रालयले शुक्रबारदेखि सम्पर्कबिहीन भएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको यात्रा अनुमति रद्द गराउन अध्यागमन विभागलाई पत्राचार गरेको छ ।
आइतबार मन्त्रालयले नेपालीसहित उनी संस्थापक रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीलाई यात्रा अनुमति रद्द गराउन अध्यागमन विभागलाई पत्राचार गरेको हो ।
यात्रा अनुमतिपत्र रद्द गराउन जिल्ला प्रशासन कार्यालय बाग्लुङले जेठ ३ मा मन्त्रालयलाई पत्र पठाएको थियो । सोही पत्र बमोजिम बाग्लुङ–२ स्थिति इमेज बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले बचतकार्ताका रकम हिनामिना गरेर सम्पर्कबिहीन भएको उल्लेख गरिएको छ ।
यात्रा अनुमति पत्र रद्द हुनेमा नेपालीसहित संस्थाका कार्यबहाक अध्यक्ष डोरबहादुर परियार, सुनिल नेपाली कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चाकल चित्रबहादुर भण्डारीलगायत रहेका छन् । त्यस्तै सदस्य द्वय रुपा विक र झगबहादुर शाहीको समेत यात्रा अनुमति पत्र रद्द गर्न भनिएको छ ।
तलबभत्ता नलिएर लाेकप्रिय भएका मेयर करोडौं रकम हिनामिना गरी सम्पर्कबिहीन
प्रतिक्रिया