शाकाहारीले कसरी पूरा गर्ने प्रोटिनको कमी ?
एजेन्सी । प्रोटिन स्वास्थ्यको लागि महत्त्वपूर्ण छ । शरीरका विभिन्न कोशिकाहरू मर्मत गर्न र नयाँ कोशिकाहरू बनाउन प्रोटिन चाहिन्छ ।
मांशाहारीको तुलनामा शाकाहारी मानिसहरुसँग प्रोटिन पाउने श्रोत निकै कम हुन्छन् । प्रोटिन मासु, माछा, कुखुरा, अण्डा, गेडागुडी र दुग्धजन्य पदार्थ जस्ता खानेकुराहरूमा पाइन्छ। प्रोटिनले एन्टिबडीको रूपमा शरीरलाई भाइरस र ब्याक्टेरियाको संक्रमणबाट बचाउँछ ।
यसको कमीले व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतामा कमी हुन्छ भने रगतमा चिनीको मात्रा घट्छ, जसका कारण शरीर कमजोर हुनुका साथै थकान महसुस हुन्छ ।
शाहाकारीले प्रोटिन पाउन के खाने ?
दाल
दाल प्रोटिनको राम्रो स्रोत हो । दालमा करिब ८.९ ग्राम प्रोटिन पाइन्छ। प्रोटिनका लागि मुगी, रहर र चनाको दाल पनि खान सकिन्छ ।
चना
चनामा पनि प्रोटिन प्रशस्त्र मात्रामा पाइन्छ । चनामा प्रोटिन मात्र नभइ फाइबरको पनि स्रोत हो । प्रोटिनका पाउन यसलाई भिजाएर, उमालेर वा भुटेर खान सकिन्छ। १०० ग्राम चनामा लगभग १५ ग्राम प्रोटिन पाइन्छ।
नट्स
प्रोटिनको आवश्यकता पुरा गर्न नट्स पनि उपयुक्त हुन्छ । नट्समा कार्बोहाइड्रेट तत्वसमेत पाइन्छ । एउटा नट्समा करिब ६ ग्राम प्रोटिन हुन्छ । नट्समध्ये पनि बदाम प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो ।
सोयाबिन
सोयाबिन मासु र अण्डाभन्दा पनि बढी प्रोटिनयुक्त खानेकुरा हो । प्रोटिनबाहेक यसमा भिटामिन ‘बी’ कम्प्लेक्स, भिटामिन ‘इ’ र मिनरल्स पनि पाइन्छ । १०० ग्राम सोयाबिनमा ५० ग्राम प्रोटिन हुन्छ ।
पनिर
दूधबाट बनेका सबै उत्पादनहरू स्वास्थ्यको लागि लाभदायक हुन्छन् । दुग्धजन्य पदार्थमा प्रोटिनका साथै क्याल्सियम हुन्छ । जुन स्वस्थ हड्डीका लागि अत्यावश्यक छ । १०० ग्राम पनिरमा १८ ग्राम प्रोटिन हुन्छ ।
प्रतिक्रिया