विदेशबाट फर्किँदै हुनुहुन्छ? थाहा पाउनुस् कुनकुन सामान ल्याउन पाइन्छ

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यलयले विदेशबाट फर्किएका व्यक्तीले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धीको पछिल्लो व्यवस्था सार्वजनिक गरेको छ ।
कार्यलयले सार्वजनिक गरेको पछिल्लो सूचनामा सुनको गहना पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म भन्सार नतिरेर ल्याउन पाइने छ ।
यस्तै तोकिएको परिमाण बाहेक थप २ सय ग्रामसम्ममा भन्सार विन्दुमा महसु तिरेर ल्याउन पाइने छ । तर गहनाको आकार मात्रै दिएर बनाएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएको सुनलाई गहना नमानिने कार्यलयले जनाएको छ।
यस्तै, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ मोबाइल ल्याउँदा भन्सार तिर्नु पर्ने छैन्। तर त्यस्तो थप एक थान नयाँ मोबाइल फोनको हकमा भन्सार प्रक्रिया पूरा भने गर्नु पर्नेछ ।
यस्तै श्रम स्वीकृति लिएर लगातार १२ महिना काम गरि फर्किएका सामाजिक सुरक्षा कोषमा सूचीकृत भएकाहरुले जुनसुकै आकार र प्रकारको टेलिभिजन ल्याउन पाउने छन्।
प्रतिक्रिया