यी हुन् डण्डीफोरबारे आठ भ्रम, के भन्छन् चिकित्सक ?
काठमाडौं । हामी मध्ये धेरैलाई डण्डीफोरको समस्याले आजित बनाएको होला । डण्डीफोर किन आउँछ, कसरी जान्छ भन्ने बारे धेरैले आ–आफ्नै धारणा बनाएका हुन्छौँ । र, आफ्नै हिसाबले विभिन्न चिजहरुको पनि प्रयोग गरिराखेका हुन्छौँ । तर, ती कुराहरुले डण्डीफोर निको हुनुको सट्टा झन् बढ्ने समस्या हुन सक्छ । आज हामी डण्डीफोरको भ्रमबारे जानकारी दिँदै छौँ । हामीले यो सामाग्री छाला तथा कपाल रोग विशेषज्ञ डा.प्रकाश आचार्यको युट्युब च्यानलबाट लिएका हौँ ।
चिल्लो खानेकुराले डण्डीफोर बढ्छ
यो सही हो कि चिल्लो निकाल्ने ग्रन्थीहरुको गढबढी भयो भने चाँही डण्डीफोर आउँछ । तर चिल्लो खानेकुरा खाएर नै डण्डीफोर आउँछ भन्ने अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन ।
चिल्लो छालामा मात्र डण्डीफोर आउँछ
यो पनि एक भ्रम मात्र हो । सुख्खा छालामा पनि डण्डीफोर आउँछ । तर, यी दुई किसिमको छालामा दिइने औषधी भने फरक हुन्छ ।
मुखमा मात्र डण्डीफोर आउँछ
चिल्लो निकाल्ने ग्रन्थीको गडबढको कारण डण्डीफोर आउँछ । यो ग्रन्थी अनुहारमा मात्र नभएर शरीरको अन्य भागहरुमा पनि प्रशस्तै हुने भएकाले शरीरको अन्य ठाउँमा पनि डण्डीफोर आउँछ ।
युवा अवस्थामा मात्र डण्डीफोर आउँछ
युवा अवस्थामा एन्ड्रोजेन भन्ने हर्मोनको थपघट धेरै हुने हुनाले यो अवस्थामा डण्डीफोर बढी आउँछ भन्ने कुरा सत्य भएपनि युवा अवस्था बाहेक अन्य अवस्थामा डण्डीफोर आउँदैन भन्ने कुरा भ्रम मात्रै हो । विशेष गरी एक प्रकारको डण्डीफोर हुन्छ, जुन २५ वर्ष कटेका महिलाहरुमा धेरै देखिन्छ । यसलाई चिकित्सकीय भाषामा पोष्ट एडोलेसन एक्नी भनिन्छ ।
रगत फोहोर भएर डण्डीफोर आउँछ
रगत फोहोर भएर डण्डीफोर आउने अहिलेसम्म केही प्रमाणहरु भेटिएको छैन । भित्री रोगहरु जस्तो : थाइराइड, पीसीओएस जस्ता कारणहरुले डण्डीफोर आउन सक्छ तर रगत फोहोर भएर आउँछ भन्नु भ्रम हो ।
छाला फोहोर भएर डण्डीफोर आउँछ
यसमा केही सत्य र केही भ्रम रहेको छ । जस्तो धुलो, मेकअपले गर्दा छालाबाट निस्कनु पर्ने जुन चिल्लो पदार्थ छ, त्यो निस्किन पाएन भने डण्डीफोर आउँछ तर यो भन्दैमा दिनभरी मुख धोइरहनु पर्छ भन्ने होइन । बिहान र बेलुका मात्र मुख धुनु राम्रो हुन्छ ।
डण्डीफोर आफैँ सन्चो हुन्छ
डण्डीफोर सन्चो हुन्छ तर यसबाट बस्ने दाग निको हुन लामो समय लाग्न सक्छ । डण्डीफोरबो बेलैमा उपचार भयो भने त्यो दाग कम समयमा पनि जान सक्छ ।
सानो-सानो बिबिरा डण्डीफोर होइन
यो पनि एक प्रकारको डण्डीफोर नै हो । यसको लागि कडा औषधीको आवश्यकता भने पर्दैन । यसलाई सामान्य मलमले पनि निको हुन सक्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया