NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

स्तनपान गराउँदा पनि गर्भावस्थाको जोखिम : जान्नुहोस कुन परिवार नियोजन सुरक्षित ?

एजेन्सी । बच्चा जन्मिसकेपछि अधिकांश दम्पतीहरुले परिवार नियोजनका साधनहरु प्रयोग गर्छन् । आफूले प्रयोग गर्ने यस्ता साधनबारे सचेत हुनुपर्छ । विशेषगरी स्तनपानको समयमा परिवार नियोजनको साधनको प्रयोग गर्ने या नगर्नेबारे धेरै प्रश्नहरु उठिरहेका हुन्छन् । धेरै महिलाहरुले आफ्नो बच्चालाई स्तनपान गराएमा आफू गर्भवती नहुने भन्ने विश्वास समेत गरेको पाइन्छ ।

कतिपय दम्पतीहरु परिवार नियोजनको चक्की खाँदा दुध घट्छ वा बच्चालाई ‘साइडइफेक्ट’ भएर बच्चाको तौल बढ्छ भन्ने भ्रममा हुन्छन् । स्त्री रोग विशेषज्ञ डा. सोनिया नाइकका अनुसार कुन दम्पतीले कुन परिवार नियोजनको साधन प्रयोग गर्ने भन्नेबारेमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

स्तनपानको समयमा पनि परिवार नियोजनको किन आवश्यक छ ?

डा. सोनियाका अनुसार स्तनपानले परिवार नियोजनको काम गर्छ । तर यसले केही हदसम्म सुरक्षा दिए पनि पूर्ण रुपमा सुरक्षित भने हुँदैन । यो बढीमा ६ महिनासम्म मात्र सुरक्षित हुन्छ । यो समयको बिचमा पहिले नै महिनावारी भएमा स्थनपानले गर्भावस्था रोक्न सक्दैन । त्यसैले अनिच्छित अथवा इच्छा विपरित गर्भाधारण गर्नाले जोखिम हुन सक्छ ।

त्यसैगरी बच्चा जन्मेको केही सातापछि गर्भावस्थाका लागि सुरक्षित मानिए पनि केही कारणले दम्पतीलाई दूरी कायम राख्न सल्लाह दिइन्छ ।

‘सुरक्षित अवधिमा यौन सम्बन्ध राख्न निषेध’

प्रसुति पछि ४० दिनको समयलाई सुरक्षित अवधि भनिन्छ । यस अवधिमा गर्भ रहने सम्भावना कम हुन्छ । तर यो समयमा शारिरीक सम्बन्ध भने राख्नु हुँदैन । गर्भावस्थामा पाठेघरको आकार बढ्छ र तौल ६० ग्रामबाट बढेर १ किलोसम्म हुन्छ ।

बच्चा जन्मेपछि पाठेघरलाई सामान्य आकारमा आउन ६ हप्ता लाग्छ । स्तनपानले पनि यसमा मद्दत गर्छ । बच्चालाई स्तनपान गराउँदा अक्सिटोसिन हर्मोन पैदा हुन्छ । जसले गर्दा पाठेघर संकुचित अथवा खुम्चिन थाल्छ । पाठेघरको तन्तुले ‘डेसिडुआ’ नामको तह बनाउँछ । जसले भ्रुणलाई बचाउँछ । प्रसूतिपछि पाठेघर खुम्चिन थालेपछि तन्तुसँगै रगत, म्युकस निस्कन थाल्छ । जसलाई लोचिया डिस्चार्ज भनिन्छ । यो ४ देखि ८ हप्तासम्म हुन्छ । त्यसैले यो अवधिमा दम्पतीबीच यौनजन्य गतिविधिहरु निषेध गरिएको हो ।

डाक्टरको जाँच र परिवार नियोजनको सल्लाह आवश्यक

सामान्यतया बच्चा जन्मिएको ६ हप्ता पछि, डाक्टरले महिलालाई आन्तरिक जाँचको लागि बोलाउँछन् । पाठेघरको स्क्रिनिङको लागि ‘प्याप स्मियर’ परिक्षण हुन्छ । यदि परिक्षण अनुसार सबै कुरा ठीक भयो भने दम्पतीको यौन सम्बन्ध हुन सक्छ । तबसम्म सामान्यतया महिनावारी पनि सुरु हुन्छ ।
जाँच गर्ने क्रममा दम्पतीलाई उनीहरुको आवश्यकता अनुसार परिवार नियोजनको सुझाव दिइन्छ । कुनै दम्पतीले छिट्टै नै अर्को बच्चा चाहन्छन भने कुनैले परिवार बढाउन चाहँदैनन् । उनीहरुलाई परिवार नियोजनको कुनै समस्या भए/नभएको पनि थाहा हुन्छ । त्यस्ता व्यक्तिहरुलाई कुनै विषेश परिवार नियोजनको सल्लाह दिन सकिदैन ।

कुन परिवार नियोजन सबैभन्दा बढी सुरक्षित ?

१. प्रोजेस्ट्रोन पिल्स : यो चक्की नियमित खानुपर्छ । यसको लागि समय पनि तोकिएको हुन्छ । उदाहरणका लागि, यदि महिलाले परिवार नियोजनको चक्की आज साँझ ६ बजे खाइन् भने उनले हरेक दिन ५ देखि ८ बजेसम्मको बीचमा उक्त चक्की खानुपर्ने हुन्छ । यसले प्रोजेस्टेरोनको केही मात्रा आमाको दुधमा जान सक्छ । तर, बच्चालाई साइड इफेक्ट गर्दैन । यि चक्कीहरु सेवन गरेपनि कम्बाइंड ( संयुक्त ) चक्कीको तुलनामा गर्भावस्थाको जोखिम उच्च रहन्छ ।

२. कम्बाइंड पिल्स : यो चक्कीमा एस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै हुन्छन् । समान्यतया यस्ता परिवार नियोजनका चक्की सरकारी अस्पतालमा वितरण गरिन्छ । तर, बच्चालाई स्तनपान गराउने महिलाहरुले यी चक्की सेवन गर्नबाट जोगिनुपर्छ । एस्ट्रोजन हर्मोनका कारण कतिपय महिलामा दुध घट्न थाल्छ । यसले गर्दा स्तनपानको अबधि पनि कम हुन्छ ।

हार्मोनरहित नियोजनको प्रयोग गर्ने कि नगर्ने ?

परिवार नियोजनकै एक यस्तो प्रत्यारोपण छ जसलाई हातमा राख्दा ३ वर्ष सम्म गर्भ रहदैँन । हर्मोन इन्टा–युटेरिन यन्त्रहलरुले ३ देखि ५ वर्षसम्म काम गर्छ । तर, चिकित्सकको सल्लाहबिना हर्मोन निकाल्ने परिवार नियोजन गर्नु उपयुक्त हुँदैन ।

अचानक पिल्स नखानू

असुरक्षित शारिरीक सम्बन्ध भएपछि आकस्मिक अथवा अचानक पिल्स खाइहाल्ने बानी गलत हो । आपतकालीन तथा इमरजेंसी चक्की केवल आपतकालिनका अवस्थाका लागि हुन्छन । तर, ती चक्कीहरूले जस्तोसुकै अवस्थामा काम नगर्न पनि सक्छन् । जसले गर्दा गर्भ रहने जोखिम हुन्छ ।