NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

मन र मस्तिष्कको सन्तुष्टिका लागि सकारात्मक समाचार, यस्ता छन् फाइदा

एजेन्सी । सूचना र प्रविधिको यो युगमा नकरात्मक सूचना तथा समाचारहरु निरन्तर सम्प्रेषण भइरहेका छन् । नकरात्मक सूचनाले व्यक्तिको थकान र तनाव दुवै बढ्दै गएको अवस्था छ । वासिङटन पोस्टको एक अध्ययन रिपोर्टले सकरात्मक सूचनाले खुशी र भावनात्मक लचिलोपनलाई बढाउन मद्दत गर्ने देखिएको छ ।

विभिन्न विश्वविद्यालयको गरेको अनुसन्धानका अनुसार मान्छेले सकारात्मक विषयमा कुराकानी गर्नुसँगै समाचार पनि त्यस्तै रुचाउँछन् ।

‘द हयाप्यिर पुस्तक’ का लेखक र ‘द हयाप्निेस स्टडीज एकेडमी’का संस्थापक डा. ताल बेन शरार भन्छन्, ‘सकारात्मक समाचार पढ्दा लाग्छ कि संसार राम्रो ठाउँ हो । यसले नकरात्मक वातावरणको सामना गर्न धेरै मद्धत गर्दछ । छोटो समयका लागि मुड राम्रो गराउँछ भने लामो समयका लागि सुखद द्यृष्टिकोण बनाउन सकिन्छ ।’

हावर्ड देखि ब्रिघम यंग विश्वविद्यालयको अनुसन्धानले सकारात्मक समाचारले सन्तुष्टि बढाएको खुलासा गरेको छ ।

तनाव र चिन्तालाई कम गर्छ

२०१६ मा यूनिभर्सिटीे अफ साउथह्याम्पटनले गरेको अनुसन्धान अनुसार सकारात्मक समाचार र राम्रो जानकारीले हाम्रो मानसिकतामा पनि सकारात्मक परिर्वतन ल्याउँछ । जब हामीले सकारात्मक समाचारहरू पढ्छौं, हाम्रो शरिरमा तनाव हर्मोनको स्तर घट्छ ।

जीवनको गुणस्तरमा सुधार

हार्वर्ड बिश्वविद्यालयले २०१८ मा गरेको अनुसन्धान अनुसार निरन्तर सकारात्मक समाचार पढ्दा मुटुको स्वास्थ्य राम्रो हुन्छ । जसले गर्दा रक्तचाप सन्तुलित रहन्छ । अनिद्रा अथवा निद्रा नलाग्ने समस्या र मांसपेशीको तनावका लागि पनि सकारात्मक समाचार फाइदाजनक हुन्छ ।

सुन्तुष्टिको आधार

ब्रिघम यंग युनिभर्सिटीका अनुसन्धानकर्ता नाथानिएल ल्याम्बर्टले सन् २०१२ मा गरेको अनुसन्धान अनुसार सकारात्मक समाचार, कथा र लेखहरु सेयर गर्ने मान्छे धेरै खुसी हुन्छन् । ती मानिसहरुले बोल्ने र उनीहरूलाई समाजले हेर्ने दृष्टिकोणमा पनि निरन्तर विकास हुँदै जान्छ । सकारात्मक समाचार र अनुभवहरु सेयर गर्दा ती मानिसहरु चरम सन्तुष्टि प्राप्त गरेको महशुस गर्छन् ।

ज्ञानको लागि प्रेरित गर्छ

अर्को एक अध्ययनले पत्रपत्रिकामा पहिलो पृष्ठमा सकारात्मक समाचार देख्दा पाठकलाई लामो समयसम्म पढ्न मन लाग्ने पाइएको छ । एंगेज्ड न्यूज प्रोजेक्टको २०१४ को अध्ययन अनुसार जब मानिसहरुले समाचार पत्रको पहिलो पेजमा सकारात्मक समाचारहरु पढ्छन्, उनीहरूलाई त्यो पृष्ठको समाचार लामो समयसम्म पढिरहन मन लाग्छ । सकारात्मकताले पाठकलाई सान्तवना दिनुसँगै आकर्षित पनि गर्छ ।