NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

प्रविधिले स्वास्थ्यमा कस्तो असर गर्छ ?

एजेन्सी । प्रविधिले व्यक्तिको जीवन सहज र छरितो बनाएको छ । यसले जति धरै व्यक्तिमा फाइदा दिएको छ त्यतिनै बेफाइदा पनि । हामिले चलाउने मोबाइल, ल्यापटप, कम्पुटर प्रविधिले दिएको उपज हो ।

व्यक्ति बिहानदेखि रातिसम्म यीनै उपकरणको प्रयोग गर्छ । मोबाइल, ल्यापटप बिनाको जीवन अब व्यक्ति कल्पना गदैन् । तर यसको जति धेरै फाइदा छ । यसले हाम्रो स्वास्थ्यमा पनि गम्भीर असर पुयाइरहेको छ ।

अबेरसम्म मोबाइल, टिभी, कम्प्युटर वा ल्यापटप हेर्नु हुन्छ भने यसले तपाईको निन्द्राको गुणस्तरलाई असर गर्छ । एक अध्ययनमा यस्ता उपकरणले निन्द्रामा असर गर्ने देखिएको छ। सन् २०१४ मा नेशनल स्लीप फाउन्डेसनले स्लीप इन अमेरिका नामक सर्वेक्षण गरेको थियो । त्यो सर्वेक्षणले अनुमान गरेको छ कि ८९ प्रतिशत वयस्कहरू र ७५ प्रतिशत बच्चाहरूको बेडरूममा कम्तिमा एउटा इलेक्ट्रोनिक उपकरण छन् ।

नेशनल साइन्स फाउन्डेसनले २०१४ मा गरेको एक सर्वेक्षणले राति अबेरसम्म इलेक्ट्रोनिक उपकरणहरू चलाउने बच्चाहरुमा कम निन्द्रा भएको पत्ता लगाएको थियो । भने यस्ता डिभाइस नचलाउने बच्चामा राम्रो निन्द्रा भएको निश्कर्ष निकालेको थियो ।

प्रविधिको प्रयोग कसरी कम गर्ने

राम्रो र गुणस्तर निन्द्राका लागि पहिले प्रविधिको प्रयोग कम गर्न आवश्यक छ । वर्तमान आवश्यकताअनुसार इलेक्ट्रोनिक्स र ग्याजेटलाई जीवनबाट पूर्ण रूपमा हटाउन सकिँदैन, तर केही महत्त्वपूर्ण उपाय अपनाएर जीवनलाई सुधार्न भने सकिन्छ ।

यसको लागि टिभी, कम्प्युटर, भिडियो गेम, ट्याब्लेट, फोन आदि बन्द गर्न समय सेट गर्नुहोस्। यसले तपाइको सुत्ने समय पनि निर्धारण हुन्छ । प्रविधिमा मात्र भन्दा पनि बाहिरी वातावरणमा पनि घुलमिल हुन सिक्नुहोस् । यसको लागि मोबाइल टिभी बाट केही समय निकालेर प्रकृतिमा रमाउन सिक्नुहोस् ।

दैनिक धेरै यस्ता ग्याजेट चलाउँदा दिमाग पनि थकित हुन्छ । जसले गर्दा दिमागले काम गर्न सक्दैन् ।  त्यसैले दिनको केही समय ध्यनानमा पनि व्यक्तित गर्नुहोस् । राम्रो निन्द्रा लिन राति सुत्नुअघि फोन साइलेन्टमा राख्नुहोस् ।