NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते
स्वास्थ्य

अन्य उमेर समूहकाले कहिले पाउँछन् पाठेघरको क्यान्सरविरुद्धको खोप ?

कहिले र कति पटक लगाउनु पर्छ ?

रकारले बुधबारदेखि १४ वर्ष लागेका तर १५ वर्ष नपुगेका किशोरीलाई एचपिभी खोप दिन सुरु गरेको छ । सरकारले एचपिभी खोपलाई ‘बालबालिकाले लगाउने नियमित खोपमै राख्नु पर्छ’ भन्ने सोच अघि सारेको छ । तदनुरूप कार्यक्रमसमेत बनेको छ । अहिले सीमित मात्रामा खोप आएकाले निश्चित उमेर समूह र क्षेत्रकालाई मात्र दिइएको छ । मैले बुझेसम्म एक वर्षभित्र अन्य खोप ल्याएर अन्य उमेर समूहका व्यक्तिलाई दिने तयारी छ ।

गाभीले सरकारलाई यो खोप निःशुल्क दिने सहमति गरेको छ । सहमतिअनुसार खोप उपलब्ध गराउन सरकारले गाभीसँग माग गरेको छ । प्राप्त हुनेबित्तिकै लगाउन सुरु गरिनेछ ।

एचपिभी खोप दुई मात्रा अर्थात् दुई पटक लगाउनु पर्छ । पहिलो मात्रा लगाएको ६ महिनापछि अर्को लगाउनु पर्छ

कति पटक लगाउने ?

एचपिभी खोप दुई मात्रा अर्थात् दुई पटक लगाउनु पर्छ । पहिलो मात्रा लगाएको ६ महिनापछि अर्को लगाउनु पर्छ । सरकारले जति पनि खोप उपलब्ध गराउँछ, त्यसका लागि कुनै शुल्क लाग्दैन, निःशुल्क हुन्छ ।

एचपिभी खोप पाठेघरको मुखको क्यान्सर रोक्न प्रभावकारी हुन्छ । हालसम्मको अध्ययनले यो खोपको प्रभावकारिता ९५ प्रतिशतभन्दा माथि देखिएको छ ।

एचपिभी भाइरस धेरै प्रकारका छन् । यीमध्ये ह्युमन प्यापिलोमा भाइरस एचपिभी १६ र १८ बढी घातक मानिन्छन् । महिलाहरूलाई ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभी १६ र १८ ले नै हुने गरेको छ । अहिले किशोरीलाई लगाइएको खोप यसैविरुद्धको हो ।

के गर्छ यो खोपले ?

एचपिभी खोपले शरीरमा एचपिभी भाइरसविरुद्ध प्रतिरक्षक क्षमता वृद्धि गराउँछ । जसले महिला तथा किशोरीमा पाठेघरको मुखमा हुने क्यान्सर हुन पाउँदैन ।

एचपिभी खोप अहिले सीमित मात्रामा आएको छ । अपर्याप्त भएकाले यो खोप लगाउन देशभरका ७ वटा अस्पताल मात्र तोकिएको छ 

एचपिभी खोप अहिले सीमित मात्रामा आएको छ । अपर्याप्त भएकाले यो खोप लगाउन देशभरका ७ वटा अस्पताल मात्र तोकिएको छ । आगामी दिनमा यो खोप सेवा विस्तार गर्ने लक्ष्य राखिएको भए पनि हाललाई तोकिएका बाहेकका स्वास्थ्य संस्थाबाट यो खोप सेवा पाइँदैन ।

एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरबाट कसरी जोगाउँछ ? – NepalWatch

सरकारले अर्को लटमा १० देखि १४ वर्ष उमेर समूहका १६/१७ लाख बालिका र किशोरीलाई यो खोप लगाउने योजना बनाएको छ । एचपीभी महिनावारी हुनुअघि वा यौन सम्पर्क अगाडि लगाउँदा बढी प्रभावकारी हुने अध्ययनले देखाएको छ । तथापि, यौन सम्पर्कपश्चात लगाउँदा प्रभावकारी हुँदै नहुने भने होइन । अगाडि लगाउँदा जति प्रभावकारी हुन्छ, त्यति नहुने हो ।

नेपालको राष्ट्रिय खोप समितिले १० देखि १४ वर्षभित्रका बालिका/किशोरीलाई एचपिभी दिने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठनले पनि यही उमेर समूहलाई एचपिभी खोप लगाउने मापदण्ड बनाएको छ ।

एचपीभी खोप निजी अस्पतालमा पनि श :शुल्क लगाउन पाइन्छ । तर यो देशैभरि भने छैन् । निजीमा कस्तो खोप ल्याइएको छ भनेर सार्वजनिक गरिएको पनि छैन । हामी निजीमा भन्दा पनि सरकारले दिएको खोपमै केन्द्रित हुनुपर्छ ।

(स्वास्थ्य सेवा विभागको खोप शाखाका पूर्वप्रमुख डा गौतमसँगको कुराकानीमा आधारित)