NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

समावेशी डिजिटल भविष्यका लागि एक्यबद्धताः ‘सीड्स फर द फ्युचर समिट–२०२३’

शांघाई, चीन । डिजिटल कुशलतालाई सुदृढ पार्न हुवावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एशियाका शिक्षा मन्त्रीहरूको संगठन (सीमइयो) ले ‘सिड्स फर द फ्युचर समिट–२०२३ को आयोजना गरेको छ ।

हुवावेको पहलमाएशिया–प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिको लागि ‘कनेक्ट, कल्टिभेट, कन्ट्रीब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसियाप्यासिफिक’भन्ने नारालाई सार्थक बनाउन १९ एशियाप्यासिफिक देशका ९१ बहुप्रतिभाशाली सहभागीहरुले ‘सिड्स फर द फ्युचर समिट–२०२३’ मा भाग लिएका छन् ।

नेपालका चार विजेताहरु कुल १९ देशहरुबाट ९१ सहभागीहरुसंग ’सीड्स फर द फ्युचर समिट २०२३’ मा सहभागी भएका छन् । यस शिखर सम्मेलनमा प्रविधि र सांस्कृतिक आदानप्रदान कार्यक्रम, हुवावेको विश्व–स्तरीय अनुसन्धान र विकास केन्द्र र मुख्यालयहरूको भ्रमणका साथै परम्परागत र आधुनिक चीनको अनुभव समावेश छ।

समिटको विषयवस्तुमा प्रकाश पार्दै हुवावे एशिया प्यासिफिकका अध्यक्ष श्री साइमनलिनले भने, “हुवावेले सिड्स फर द फ्युचर समिट आयोजना गरेको यो तेस्रो वर्ष हो । हरेक वर्ष, हामी केहीनयाँ, थप साझेदारहरू सामेल भएसंगै यस कार्यक्रम फस्टाएको देख्न सक्छौ,तथापियसमा साझेदारी, प्रतिबद्धता र युवा सशक्तिकरण गरि तीन कुराहरू अपरिवर्तित छन् ।”

शिखर सम्मेलनको मुख्यभागको रूपमा,  हुवावे र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) ले एशिया–प्रशान्त क्षेत्रहरूमा डिजिटल सहकार्यका छवटा प्रमुख क्षेत्रहरू– आईसीटी नीति र नियमन, संयुक्त अनुसन्धान, समावेशीपूर्वाधार, डिजिटल क्षमता निर्माण, युवतीतथायुवा सशक्तिकरण र डिजिटल अभ्यास साझेदारीमा केन्द्रित रहदै संयुक्त घोषणा गरेका थिए ।

कार्यक्रम आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. पिटी श्री संगनमको नेतृत्वमा प्यानल छलफलद्वारा समापन गरिएको थियो । कार्यक्रममा नेशनलयुनिभर्सिटी अफसिङ्गापुरका विज्ञहरू, हुवावे र ’सिड्स फर द फ्युचर’ का प्रतिनिधिहरू सम्मिलितप्यानलले डिजिटल सीपहरू प्रयोग गरेर यस क्षेत्रकाभविष्यका नेतृत्वकर्ताहरुको डिजिटल कौशलको उपयोग गर्दै क्षमताअभिवृद्धि गर्ने र आजीवनयी कौशलको उपयोग गर्ने तरिकामागहिरो प्रकाश परेको थियो ।

यो प्रतिभा शिखर सम्मेलन, चीनको शेन्जेन र डोङगुआनमाह्वावेको क्याम्पसको भ्रमणमा लगिएका ९१ विद्यार्थीहरूका लागि अद्भुत अनुभवको विस्तार हो । त्यहाँ, तिनीहरूले सूचना सिद्धान्त, डिजिटल शक्ति, अटोमोबाइल प्रविधिहरू र साइबर सुरक्षा जस्ता क्षेत्रहरूमा अद्वितीय अनुभवप्राप्त गरेका थिए । आसियान १०, दक्षिण कोरिया, जापान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, फिजी, सोलोमन टापुलगायतका देशहरूबाट सहभागी विद्यार्थीहरुलाई हुवावे, आसियान फाउन्डेसन र आइटीयूद्वारा सामूहिक रूपमा चयन गरिएको थियो ।

सीड्स फर द फ्युचर

‘सीड्स फर द फ्युचर’ हुवावेकाे पहलमा संचालित कार्यक्रम हो । याे कार्यक्रम भविष्यका डिजिटल क्षेत्रका नेतृत्वकर्ताहरुलाई प्रविधि र अन्तर–सांस्कृतिक अनुभवसँगै टेक फर गुड परियोजनाहरू मार्फत सामाजिक समस्याहरूलाई सम्बोधन गर्न सहयोग प्रदान गर्ने लक्ष्यका साथ सञ्चालित रहेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष