सिम्रौनगढका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ५ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारास्थित सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनामध्ये वडा नं ८ स्थित जनता मा.विको भवन निर्माणमा अनियमितता भएकोबारे उजुरी परेको थियो ।
उक्त उजुरीमाथि छानविन हुँदा प्रमुख प्रशासकीय अधिकृत मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीले टिप्पणीमा उल्लेख भएको भन्दा धेरै रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको पाइएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूले निर्माण कार्यम लागेको भन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ बढी भुक्तानी दिएका हुन् ।
उनीहरू दुवैलाई आयोगले सोही रकम बिगो माग गर्दै मुद्दा दायर गरेको हो ।
त्यस्तै, आयोगले भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचि रमाकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादवविरूद्ध पनि मुद्दा दायर गरेको छ । काम गरेको भन्दा बढी मात्रामा भुक्तानी लिएको आरोपमा उनीहरूबाट पनि ६ लाख ५८ हजार ४४० रुपैयाँ बिगो मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
प्रतिक्रिया